१४ बैशाख २०८१, शुक्रबार

निर्मला हत्या प्रकरण : डिएसपी अंगुर जिसी अदालत उपस्थित



कञ्चनपुर। बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्त प्रकरणका अभियुक्त केन्द्रीय अनुसन्धान ब्यूरो सिआईबीका तत्कालिन डिएसपी अंगुर जिसी अदालत उपस्थित भएका छन् ।

जिल्ला आदालत कञ्चनपुरका श्रेष्तेदार हरिकृष्ण अवस्थीले केहीबेरमा बयान सुरु हुने बताए । उनका अनुसार जिल्ला न्यायाधीश डा.राजेन्द्रकुमार आचार्यको उपस्थितिमा अदालतका कर्मचारीले बयान लिनेछन् । बयान सकिए लगत्तै थुनछेक बहस सुरु हुने उनले बताए ।

बहस सकिए लगत्तै आदेश जारी हुनेछ । निर्मला मृत फेला परेपछि चर्किएको आन्दोलनसंगै प्रहरी प्रधान कार्यालयले सिआईबीका डिएसपी जिसीको नेतृत्वमा घटनाको अनुसन्धान गर्नका लागि १३ साउनदेखि टोली कञ्चनपुर पुगेको थियो ।

आइतबार मात्रै आदालतले कञ्चनपुरका तत्कालिन प्रहरी प्रमुख डिल्लीराज विष्टलाई साढे दश लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।  एसपी विष्टसहित सो प्रकरणका ७ जना धरौटीमा रिहा भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार