१४ बैशाख २०८१, शुक्रबार

चार बुँदे सहमतिमा छ लेन सडक खुल्याे



धनगढी । चार बुँदे सहमतीपछि अवरुद्ध धनगढी–अत्तरिया सडक सुचारु भएको छ । धनगढी उप–महानगरपालिका वडा नम्बर ३ मा रहेको सुधार गृहका कर्मचारी मृत फेला परेको घटनाको छानविनको माग गर्दै आईतबार विहानैदेखि धनगढी–अत्तरिया ६ लेन सडक फेरी अवरुद्ध गरिएको थियो ।

प्रमुख जिल्ला अधिकारी बाबुराम श्रेष्ठ, धनगढी उप–महानगरपालिकाका नगर प्रमुख नृपबहादुर वड, कैलाली प्रहरी प्रमुख आभुषण तिम्सिना लगायत र पिडित पक्षविच भएको छलफलपछि सडक सुचारु भएको हो । सहमती अनुसार जिल्ला प्रशासन कार्यालय कैलालीले मृत फेला परेका धनगढीका जनक ढुंगालको शव पोष्टमार्टका लागि सेती अञ्चल अस्पताललाई विशेषज्ञ टोली ल्याउन आग्रह गर्ने भएको छ ।
घटनाको अनुसन्धानलाई निरन्तरता दिने, कानुन बमोजिमको क्षतीपुर्तीका लागि पहल गर्ने र राहतका लागि स्थानीय तहसंग अनुरोध गर्ने सहमतीमा आन्दोलनका सबै कार्यक्रम फिर्ता लिईएको हो । स्थानीय र पिडित पक्षले ढुङगालको मृत्यु संकास्पद भएको भन्दै छानविनको माग गर्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार