१४ बैशाख २०८१, शुक्रबार

धनगढी–साँफेबगर हवाई सेवा पुनः सञ्चालनमा



धनगढी । लामो समयपछि धनगढी–साँफेबगर हवाई सेवा पुनः सञ्चालनमा आएको छ ।

शुक्रबार समिट एअरले धनगढी–साँफेवगर उडान गरेको छ । साँफेबगर विमानस्थल कालो पत्रे भएपछि समिट एअरले हवाई सेवा शुरु गरेको हो ।
समिट एअरका प्रतिनिधि दिपक दुवालका अनुसार हाललाई सातामा एक पटक शुक्रबार विहान हवाई सेवा सञ्चालन गरिने छ । तर यात्रु पाउने अवस्था सृजना भएमा सातामा चार पटकसम्म हवाई सेवा सञ्चालनगर्ने योजना रहेको उनले जनाए ।
१७ मिनेटको हवाई दूरी रहेको साँफेबगरका लागि तीन हजार तीन सय ५० रुपैयाँ भाडादर तोकिएको छ । सुदूरपश्चिम प्रदेशका नौ मध्ये डडेलधुरा बाहेकका आठ जिल्लामा १० वटा विमानस्थल रहेपनिहाल कैलालीको धनगढी, वाजुरको कोल्टी र अछामको साँफेवगर मात्रै सञ्चालनमा रहेका छन् ।
केही विमानस्थल विगतको द्वन्द्वका कारण र केही विमानस्थल वस सेवा पुगेपछि यात्रु नपाएर वन्द भएका हुन् । साँफेवगरमा भने नेपाल एअरलाइन्सले पनि आइतवार र बिहीबार नेपालगञ्जबाट हवाई सेवा सञ्चालन गर्दे आएको छ । साँफेबगरमा हवाई सेवा सञ्चालन हुँदा अछाम र दक्षिण, पश्चिम बाजुराबासीलाई सहज हुने भएको छ । द्वन्द्व कालअघि धनगढी, टीकापुर र नेपालगञ्जबाट साँफेबगरमा हवाई सेवा सञ्चालन हुने गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार