१५ बैशाख २०८१, शनिबार

आलोचना सुधारका लागि हुनुपर्छ: मुख्यमन्त्री



धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सुधारका लागि आलोचना आवश्यक रहेको बताएका छन् ।


“मिडियाबाट सुधारमा बल पु¥याउनका लागि आलोचना हुनु पर्छ, न कि ध्वस्त गर्नका लागि” मंगलबार धनगढीमा नेपाल अनलाइन पत्रकार संघको भेलाको उद्घाटन गर्दै भने– गलत कार्यको आलोचना गर्नुस्, तर सरकारका राम्रा र सकारात्मक कार्यलाई सकारात्मक ढंगले प्रस्तुत पनि गरिदिनुस् ।
मुख्यमन्त्री भट्टले प्रदेश सरकारले द्रत गतिमा काम गर्न चाहे पनि पुरानो मानसिकता र संरचनाका कारण अवरोध भइरहेको चर्चा गरे । “अब पनि हामी चुक्यौं भने इतिहासले हामीलाई माफ गर्नेछैन” उनल भने– त्यसैले सबैको समन्वय र सहयोगको आवश्यकता छ ।
कार्यक्रममा नेपाली कांग्रेसका प्रदेश सांसद भरतबहादुर खड्काले सबैको साझा प्रतिपक्ष भनेको घोर गरिबी, अविकास र बेरोजगारी रहेको बताए । उनले भने– अब सधैं राजनीतिक लडाईमा समय गुजार्ने होइन । सबैले सुशासन तथा समृद्धिलाई साझा लक्ष्य बनाएर एकसाथ अघि बढ्ने समय हो ।
सांसद खड्काले वस्तुपरक तथा तथ्यमा आधारित पत्रकारिताको विकासका लागि लाग्न आग्रह गरे ।
भेला उद्घाटन कार्यक्रममा नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष अर्जुन शाह, महासंघका पूर्व क्षेत्रीय संयोजक तथा केन्द्रीय सदस्य मनमोहन स्वार, महासंघका जिल्ला अध्यक्ष जगत सावदले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रम बरिष्ठ पत्रकार उमिदप्रसाद बागचन्दको अध्यक्षतामा भएको थियो ।
पत्रकार हरि जोशीले स्वागत गरेको कार्यक्रमको सञ्चालन निराजन बिसीले गरेका थिए ।
यसैबीच बरिष्ठ पत्रकार बागचन्दको संयोजकत्वमा संघको १९ सदस्यीय तदर्थ कार्यसमिति गठन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार