१४ बैशाख २०८१, शुक्रबार

सरकार र सिके राउतबीचको सम्झौता विरुद्ध प्रदर्शन



धनगढी । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले सिके रावतसँग गरेको सम्झौता खारेजको माग गर्दै धनगढीमा प्रदर्शन गरिएको छ । मंगलबार व्यानरमा नेपाली सन्तानहरूको आयोजना लेखिएको व्यानर सहित स्वःस्फुत रूपमा धनगढीका युवाहरूले प्रदर्शन गरेका हुन । सरकार र स्वतन्त्र मधेस गठबन्धनका अध्यक्ष सिके राउतबीच भएको ११ बुँदे सहमति खारेज गर्न उनीहरूले माग गर्दै प्रदर्शन गरेको बताए ।
स्वःस्फुर्त रूपमा जम्मा भएका युवाहरूले सरकारका विरुद्ध र विखण्डनकारी भन्दै नारावाजी समेत गरेका थिए । क्याम्पस चोकदेखि आएको ¥याली एनएन चोकमा पुगेर कोण सभामा परिणत भएको थियो । कोणसभामा बोल्दै युवा अगुवा भिष्म सुवेदीले सिके रावतसँगको सहमतिका केही बुँदा विवादास्पद भएको भन्दै विरोध गरिएको बताए । उनले देशका हरेक परिर्वतनकारी आन्दोलन सुदूरपश्चिमको अग्रणी भूमिका रहेको बताउँदै सरकारले गरेको सम्झौता खारेज नभए सशक्त आन्दोलन गर्ने चेतावनी दिए ।
स्वःस्फर्त रूपमा नेपालको राष्ट्रिय झण्डा बोकी कैलाली बहुमुखी क्याम्पसदेखि एलएन चौकसम्म सम्झौता विरुद्ध नाराबाजी सहित प्रर्दशन गरिएको हो । प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा गृहमन्त्री रामबहादुर थापा र गठबन्धनका संयोजक सिके राउतबीच गत शुक्रबार ११ बुँदे सहमति भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार