१४ बैशाख २०८१, शुक्रबार

एनसेलको टावरमा आगजनी



कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर ३ पिपलाडीमा रहेको एनसेलको टावरमा आगजनी गरिएको छ । शुक्रबार राति गरिएको आगजनीबाट टावरका तार र मिटरबक्स जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

आगजनी कसले गरेको हो भन्ने विषयमा केही खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी कृष्ण ओझाले बताए । तर आगजनी गरिएको क्षेत्रमा ‘जय जनता’ लेखिएको पर्चा पनि फेला परेको उनले बताए । पर्चामा ७२ अर्ब कर नतिरेको, सर्वाेच्च अदालतको फैसला पनि उल्लंघन गरेको कुरा लेखिएको छ ।
अहिले सांकेतिक कारवाही गरिएको र यसलाई बेवास्ता गरिए कडा कारवाहीमा जान बाध्य हुने पर्चामा लेखिएको छ । पर्चाको अन्तिममा वैज्ञानिक समाजवाद जिन्दावाद, कर छलुवा एनसेल मुर्दावाद भन्दै जय जनताका नाममा हस्ताक्षर पनि गरिएको छ ।
उता, अछामको ढकारी गाउ“पालिका–३ मा रहेको एनसेल टावरमा पनि शुक्रबार राति आगजनी गरिएको छ । आगजनीबाट एनसेलको मोबाइल सेवा अवरुद्ध भएको छ । शुक्रबार मध्यराति गरिएको आगजनीबाट साढे दुई मिटर जति तार जलेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।
आगजनी नेपाल कम्युनिष्ट पार्टी विप्लव समूहले गरेको हुनसक्ने आशंका प्रहरीले गरेको छ । अहिले नै कसले आगजनी गर्यो भन्ने स्पष्ट भइसकेको छैन । तर विप्लव निकट नेकपा माओवादीले जलाएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।
बा“की अनुसन्धान भईरहेको अछाम प्रहरी प्रमुख डिएसपी जनकबहादुर शाहीले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार