१५ बैशाख २०८१, शनिबार

निःशुल्क स्वास्थ्य शिविर



सुखड । कैलालीको घोडाघोडी नगरपालिका १० पहलमानपुरमा रहेको कान्ती राज्य लक्ष्मी माध्यमिक विद्यालयमा १ दिने नि शुल्क स्वास्थ्य शिविर सोमबार भएको छ ।

नगरपालिकाको आर्थिक सहयोग तथा स्वास्थ्य शाखाको आयोजनामा नि शुल्क स्वास्थ्य शिविर भएको हो ।
शिविरमा २५७ जना महिला र ४६ जना पुरुषहरुको स्वास्थ्य परिक्षण गरिएको घोडाघोडीका स्वास्थ्य शाखाका सह संयोजक मिन बहादुर धामीले जानकारी दिए । जसमा एलर्जी, ग्यास्टीक, जोर्नी दुख्ने, तल्लो पेट दुख्ने, एड्स ग्यास्टाईटीस् र पिसाप सम्बन्धी रोगका विरामीहरुको स्वास्थ्य परिक्षण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार