१४ बैशाख २०८१, शुक्रबार

फोर्सका नयाँ ब्राण्डका गाडी बजारमा



धनगढी । फोर्स मोटरका दुई नया“ ब्राण्डका गाडी सुदूरपश्चिमका बजारमा आएको छ ।
फोर्स कम्पनीले उत्पादन गरेको ट्राभलर १७ डी र १३ डी विस फोर ब्राण्डका यात्रुवाहक गाडीको आइतबार धनगढीमा लन्चिङ गरियो ।

फोर्स कम्पनीका लागि नेपालको आधिकारिक विक्रेता प्राईप अटो नेपालका प्रबन्ध निर्देशक केदार श्रेष्ठले उद्घाटन गरेका थिए ।
सो अवसरमा फोर्स मोटरका ईन्जिनियर ईङगलेले नेपाली सडकको अवस्था अनुसार तयार पारिएकोले आरामदायी यात्राका लागि उपयुक्त भएको बताए ।
फोर्स मोटरका लागि असिम सिंह ईन्टरप्राईजेट आधिकारिक विक्रेता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार