१४ बैशाख २०८१, शुक्रबार

एसियन लाईफ इन्स्योरेन्सद्वारा दुर्घटना बिमा लाभ हस्तान्तरण



धनगढी । एसियन लाईफ ईन्स्योरेन्स कम्पनी, लम्की उपशाखाले दुर्घटना बिमा लाभ हस्तान्तरण गरेको छ ।
दुर्घटनामा ज्यान गुमाएका स्वर्गीय अर्जुन चौधरीकी श्रीमति गीता चौधरीलाई मंगलबार बिमा लाभ प्रदान गरिएको थियो । अर्जुनको गत मंसिर २४ गते ट्याक्टर दुर्घटनामा निधन भएको थियो ।

गीतालाई कम्पनीका लम्की उपशाखा प्रमुख नवराज खनाल र टीकापुर शाखा प्रमुख गणेश बहादुर साउदले उनकै घरमै पुगेर बिमा लाभ हस्तान्तरण गरेका थिए ।
गीताको परिवारलाई तीन लाख सात हजार नौ सय ५० रूपैयाको चेक हस्तान्तरण गरिएको थियो । अर्जुनले लम्की उपशाखामा अभिकर्ता कमलबहादुर बिष्ट मार्फत छ महिनाअघि १० हजार ५६ रुपैया“ किस्तामा जीवन बिमा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार