१४ बैशाख २०८१, शुक्रबार

तेस्रो प्याब्सन कप क्रिकेट: ब्राईट फ्युचर र पानसदिप विजयी



बौनिया । कैलालीको लम्कीचुहा नगरपालिकामा जारी प्याब्सन कप क्रिकेटको सोमबार भएका खेलमा ब्राईट फ्युचर र पानसदिप लम्की विजयी भएका छन् ।
सोमबार भएका खेलमा ब्राइटफ्युचर ब्राइटफ्युचरले नात लम्कीलाई २० रनले पराजित ग¥यो भने पानसदिपले सफल सुदूरपश्चिमलाई आठ रनले हरायो ।
सोमबारको पहिलो खेलमा टस हारेर ब्याटिङका लागि निम्त्याइएको ब्राईटफ्युचरले १४ दशमलव तीन ओभरमा ८० रनमा अलआउट भयो । नाताका डेबिडराज गिरी र नविन कार्कीले तीन÷तीन विकेट लिएका थिए ।
८१ रनको विजयी लक्ष्य सहित ब्याटिङ गर्न ओर्लिएको नाता लम्की १४ दशमलव चार ओभरमा ६० रनमा अलआउट भयो ।
नातामाथि विजय प्राप्त गर्ने क्रममा ब्राईटफ्युचरका सुनील भण्डारीले चार विकेट लिए । उनी खेलका म्यान अफ द म्याच बने ।
त्यस्तै, सोमबार नै भएको अर्को खेलमा टस जितेर पहिले ब्याटिङ गरेको पानसदिप, लम्कीले १४ दशमलव चार ओभरमा सबै विकेट गुमाएर ६७ रन बनायो । पानसदिपका भूपेन्द्र बस्नेतले २४ रन बनाए ।
बलिङतर्फ सफल सुदूरपश्चिमका प्रविण शाहले चार तथा रविन्द्र शाहले तीन विकेट लिए ।
६८ रनको विजयी लक्ष्य सहित जवाफी ब्याटिङ गर्न आएको सफल सुदूरपश्चिम १३ दशमलव दुई ओभरमा ५९ रनमा अलआउट भयो । खेलको म्यान अफ द म्याच पानसदिपका भूपेन्द्र बस्नेत बने ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार