१४ बैशाख २०८१, शुक्रबार

धनगढीमा जहरमुक्त खाद्य उत्पादन अभियान शुरु



धनगढी । धनगढी उपमहानगरपालिकाले आइतबारदेखि किसान समृद्धि तथा जहरमुक्त खाद्य उत्पादन महाभियान शुरु गरेको छ । उपमहानगरपालिकाले आइतबार वडा नम्बर १५ बाट सो अभियान शुरु गरेको जनाएको छ ।

अभियानको नगरप्रमुख नृपबहादुर वडले एक कार्यक्रमबीच शुभारम्भ गरे । अभियान अन्तरगत किसानहरुलाई प्राकृतिक कृषि प्रशिक्षण प्रदान गर्ने कार्यक्रम पनि अघि बढाइएको छ । पहिले चरणमा ३० जना किसानलाई सून्य लागतमा प्राकृतिक कृषि प्रशिक्षण दिने जनाइएको छ ।
सो अवसरमा नगर प्रमुख वडले कृषिमो बिषादीको अत्यधिक प्रयोगका कारण मानव स्वास्थ्यमा जोखिम बढिरहेको चर्चा गरे । उनले उपमहानगरपालिकालाई जहरमुक्त खाद्य उत्पादनको केन्द्र बनाउन प्रतिवद्ध रहेको बताए ।
सून्य लागतमा हुने जहरमुक्त खाद्य उत्पादन सम्वन्धी ज्ञान लिन धनगढी उपमहानगरपालिका वडा नम्बर १५ का वडाध्यक्ष फूलराम चौधरी नेतृत्वको एक टोली भारतको हरियाणाको भ्रमणमा गइसकेको छ । नगरप्रमुख वडले भने– त्यहा एउटा स्थानीय गाईबाट उत्पादन हुने मलमुत्रको प्रयोगले ३० एकड जग्गामा खेति हुने गरेको छ । त्यही सून्य लागत प्रविधीका आधारमा उपमहानगरपालिकाले जहरमुक्त खाद्यान्न उत्पादन अभियान शुरु गरेको छ ।
रसायनीक मलको प्रयोगले खेतबारीको माटो समेत बिग्रीसकेको वडाध्यक्ष फूलरामले बताए । उनले भने– सून्य लागतमा गरिने जहररहित खेती प्रविधिले माटोको उर्वरा शक्तिलाई समेत बढाउने छ । भारतका पद्मश्री सुभाष पालेकरले यो प्रविधी प्रवद्र्धन गरेको उनले चर्चा गरे ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार