१४ बैशाख २०८१, शुक्रबार

जथाभावी उत्खनन् गर्ने एक जेसिवी र तीन ट्रयाक्टर नियन्त्रणमा



धनगढी । ढुङ्गा, बालुवा, गिट्टी संकलन, अनुगमन तथा घाटगद्दी कैलाली समितिले कर्णाली नदीबाट सवारी साधन नियन्त्रणमा लिएको छ ।

अनुगमन समितिले आइइ प्रारम्भिक वातावरणिय परिक्षण नभएको र कतैबाट अनुमति इजाजत नलिएको क्षेत्रमा उत्खनन् गरिरहेको एक जेसिवी र तीन वटा टयाक्टर नियन्त्रणमा लिएको हो ।
से १ त ३८८३ को जेसिवी र से १ त ४२३२, से १ त ८९५४, भे १ त ५२३५ नम्बरको टयाक्टर घटना स्थलबाट नियन्त्रणमा लिएको जिल्ला बन कार्यालय पहलमानपुरका सब डिभिजन अधिकारी दिपक ज्ञवलीले बताए । नियन्त्रणमा लिएको जेसिवी र टयाक्टरको मुद्धा अगाडी बढाउने ज्ञवली बताउँछन् । अनुगमनमा गएको टोलीले घटना स्थलमा नियन्त्रणमा लिएको जेसिवी र टयाक्टरको मुचुल्का बनाएको छ ।
घटना स्थलमा राखेको नम्बर प्लेट नभएको जेसिबी र केही टयाक्टरको संख्या भने घटना स्थाल मुचुल्कामा उल्लेख गरिएको छैन । लुकाएर राखेका टयाक्टर र जेसिबीको जिल्ला बन कार्यालय पहलमानपुरक बन रक्षकहरुले हावा फुस्काई दिएका थिए ।
अनुगमन समिति कर्णाली नदीमा पुग्दा ढुंगा बालुवा गिट्टी उत्खनन् गरीरहेकाहरु गाडी छोडेर भागेको लम्कीचुहा नगरपालिकाका उपप्रमुख टीका थापाले बताईन् । अहिले सम्म पाँच पटक अनुगमनमा आईसक्यौ । हामी आउँदा भागीहाल्छन् र फेरी आएर काम शुरु गर्ने गरेको भन्दै कानुनको विपरितको कार्य गर्नेहरुलाई कानुनी रुपमै कारबाही गर्नुपर्ने र कारबाहीको प्रकृया अगाडी बढाउने उनले बताईन ।

जिल्ला समन्वय समिति कैलालीका सभापती सुर्य बहादुर थापाको नेतृत्वमा गएको अनुगमन टोलीका जिल्ला बन कार्यालय पहलमानपुरका डिएफओ दिपक ज्ञवली, लम्कीचुहा नगरपालिकाका उपप्रमुख टीका थापा, जानकी गाउँपालिकाका अध्यक्ष प्रदिप कुमार चौधरी,उपाध्यक्ष उमा महतो, लम्कीचुहा नगरपालिकाका ३ का अध्यक्ष भक्त बहादुर चलाउने,शसस्त्र प्रहरी नायब उपरिक्षक अमर ऐर, प्रहरी निरिक्षक सुरेन्द्रप्रसाद जोशी, अनुसन्धान अधिकृत उपेन्द्र शाही र सब डिभिजन कार्यालय लम्कीका पूर्ण लक्ष्मी रावल रहेका थिए ।

नम्बर प्लेट नभएको गाडीको प्रयोग भएकोले अनुसन्धान हुने बताउदै जिल्ला समन्वय समिति प्रमुख थापाले उत्खनन् नगर्नु भनी पटक पटक सम्झउदा पनि नमानेमा कानूनी कारबाही गर्ने र उत्खनन् भएको ठाउ“को बाटो बन्द गर्नेे बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार