१४ बैशाख २०८१, शुक्रबार

पूर्वाधार विकास कार्यक्रम : योजनाहरू छनोट गरियो



धनगढी । कैलालीमा पूर्वाधार विकास कार्यक्रम अन्तर्गत योजनाहरू छनोट गरिएका छन् । प्रदेश पूर्वाधार विकास कार्यक्रम सञ्चालन गर्न प्रत्यक्ष निर्वाचित प्रदेश सभा सदस्य अध्यक्ष तथा समानुपातिक प्रदेश सभा सदस्यहरू सदस्य र जिल्ला समन्वय अधिकारी सदस्य सचिव रहने गरी समिति गठन गरिएको छ । समितिमा सम्बन्धित स्थानीय तहका प्रमुख/उपप्रमुख, अध्यक्ष/उपाध्यक्षलाई आमन्त्रित सदस्यका रूपमा राख्ने व्यवस्था गरिएको छ । पूर्वाधार विकास कार्यक्रम अन्तर्गत जिल्ला समन्वय समिति कैलालीले समितिले छनोट गरेका योजनाहरू मंगलबार सुदूरपश्चिम प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयलाई बुझाएको छ ।
सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश पूर्वाधार विकास कार्यक्रम अन्तर्गत प्रदेश सभा सदस्यहरूलाई दुई÷दुई करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो । पूर्वाधार विकास कार्यक्रम अन्तर्गत प्रदेश सभा सदस्यहरूबाट संकलित योजनाहरू प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयमा बुझाइएको समितिका निमित्त समन्वय अधिकारी योगेन्द्र प्रसाद ओझाले जानकारी दिए ।
कैलालीमा पाँच संसदीय निर्वाचन क्षेत्र रहेका छन् भने प्रदेश सभाका दश निर्वाचन क्षेत्र रहेका छन् । प्रदेश सभा सदस्यहरूले १९ करोड ८० लाख रुपैयाँ लागतका एक सय ७१ वटा योजनाहरू छनोट गरेका छन् । सो कार्यक्रम सञ्चालनका लागि जिल्ला समन्वय समितिमा प्रशासनिक खर्च भनेर २० लाख रकम विनियोजन गरिएको छ ।
कैलालीका प्रदेश सभा सदस्यहरूले सबैभन्दा बढी बजेट सडक निर्माण योजनामा विनियोजन गरेका छन् । जिल्ला समन्वय समिति कैलालीले दिएको जानकारी अनुसार प्रदेश सभा सदस्यहरूले सडकका ४४ वटा योजनामा पाँच करोड ७० लाख रकम विनियोजन गरेका छन् ।
त्यस्तै, सामुदायिक भवनका २२ योजनामा तीन करोड ८८ लाख, विद्यालयका ३४ योजनामा तीन करोड ७० लाख, मन्दिरमा २२ योजनामा एक करोड ९२ लाख ५० हजार रुपैयाँ विनियोजन गरेको जनाइएको छ ।
त्यस्तै, १५ वटा तालिममा एक करोड २७ लाख, तटबन्धका पाँच वटा योजनामा ५२ लाख, खेलकुदका पाँच योजनामा ४६ लाख, सिंचाईंका आठ योजनामा एक करोड ४४ लाख ५० हजार, विद्युतको एक योजनामा १८ लाख र अन्य शीर्षकमा ७२ लाख रकम विनियोजन गरेका छन् ।
कैलाली निर्वाचन क्षेत्र नम्बर २ (२) लेमात्र विद्युतमा रकम विनियोजन गरेको छ । कैलाली निर्वाचन क्षेत्र नम्बर १ (१) मा विद्यालयका दुई योजनामा ४५ लाख, सामुदायिक भवनमा नौ वटा योजनामा ८४ लाख, मन्दिरका छ वटा योजनामा ६१ लाख र सडकको एक योजनामा आठ लाख रुपैयाँ विनियोजन गरिएको छ । कैलालीको निर्वाचन क्षेत्र नम्बर १ (ख) मा विद्यालयमा १० योजनामा एक करोड १२ लाख रुपैयाँ विनियोजन गरिएको छ । त्यस्तै, सामुदायिक भवनका सात योजनामा ५६ लाख रुपैयाँ, मन्दिरको एक योजनामा आठ लाख तथा सडकका दुई वटा योजनामा २२ लाख रुपैयाँ विनियोजन गरिएको छ ।
त्यस्तै, कैलाली निर्वाचन क्षेत्र नम्बर २ (क) मा विद्यालयका दुई वटा योजनामा १६ लाख, सामुदायिक भवनका पाँच योजनामा ९६ लाख, मन्दिरका तीन योजनामा २४ लाख, सडकका तीन योजनामा ३० लाख तथा तालिमका चार योजनामा ३२ लाख रुपैयाँ विनियोजन गरिएको छ । त्यस्तै, क्षेत्र नम्बर २ (ख) मा विद्यालयको एक योजनामा १३ लाख, सामुदायिक भवनका तीन योजनामा २४ लाख, मन्दिरको एक योजनामा आठ लाख, सडकका चार योजनामा ६४ लाख, तालिमका तीन योजनामा २४ लाख, खेलकुदको एक योजनामा आठ लाख, तटबन्धको एक योजनमा १३ लाख, सिंचाईका दुई योजनामा २४ लाख तथा अन्य एक योजनामा २० लाख रुपैयाँ विनियोजन गरिएको छ ।
त्यस्तै, निर्वाचन नम्बर क्षेत्र नम्बर ३ (क) मा विद्यालयको एक योजनामा आठ लाख, सामुदायिक भवनको छ योजनामा ५० लाख, सडकका सात योजनामा ९० लाख, तालिमका दुई योजनामा १६ लाख, खेलकुदको एक योजनामा आठ लाख र अन्य एक योजनामा आठ लाख रुपैयाँ विनियोजन गरिएको छ ।
त्यस्तै, निर्वाचन क्षेत्र नम्बर ३ (ख) ले विद्यालयका तीन योजनामा २४ लाख, मन्दिरको एक योजनामा आठ लाख, सडकका सात योजनामा ९६ लाख, तालिमको एक योजनामा १५ लाख र सिंचाईंका दुई योजनामा ५५ लाख रुपैयाँ विनियोजन गरेको छ ।
त्यस्तै, निर्वाचन क्षेत्र नम्बर ४ (क) ले मन्दिरका दुई योजनामा १७ लाख ५० हजार, सडकका तीन योजनामा ७१ लाख, तालिमका दुई योजनामा १६ लाख, तटबन्धको दुई योजनामा १७ लाख, सिंचाई ४८ लाख ५० हजार तथा अन्य योजनामा २८ लाख रुपैयाँ विनियोजन गरिएको छ ।
भने निर्वाचन क्षेत्र नम्बर ४ (ख) ले विद्यालयका दुई योजनामा २० लाख, सडकका १२ योजनामा एक करोड ३८ लाख, खेलकुदका एक योजनामा १० लाख, तटबन्धका दुई योजनामा २२ लाख तथा अन्य एक योजनामा आठ लाख रुपैयाँ विनियोजन गरेको छ ।
त्यस्तै, निर्वाचन क्षेत्र नम्बर ५ (क) ले विद्यालयका पाँच योजनामा ९० लाख, सामुदायिक भवनका दुई योजनामा ३० लाख, मन्दिरको एक योजनामा १० लाख, सडकका तीन योजनामा ३१ लाख, खेलकुदका दुई योजनामा २० लाख तथा सिंचाईका दुई योजनामा १७ लाख रुपैयाँ विनियोजन गरिएको छ ।
त्यस्तै, निर्वाचन क्षेत्र नम्बर ५ (ख) ले विद्यालयका पाँच योजनामा ४२ लाख, सामुदायिक भवनका दुई योजनामा ४८ लाख, मन्दिरका सात योजनामा ५६ लाख, सडकका दुई योजनामा २० लाख, तालिमका तीन योजनामा २४ लाख तथा अन्य एक योजनामा आठ लाख रकम विनियोजन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार