१४ बैशाख २०८१, शुक्रबार

पर्यटन विकासको लागि सरकार प्रतिवद्ध– मुख्यमन्त्री भट्ट



सुखड । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेश सरकारले पर्यटन विकासका लागि पर्यटन बोर्ड गठन गर्न लागेको बताएका छन् । सोमबार घोडाघोडी महोत्वस, २०७५ को उद्घाटन गर्दै मुख्यमन्त्री भट्टले प्रदेश सरकार पर्यटन विकासका लागि प्रतिवद्ध रहेको बताए । उनले आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन प्रदेश सरकारले ठोस योजना तथा कार्यक्रम सञ्चालन गर्ने बताए ।
मुख्यमन्त्री भट्टले परम्परागत शैली र सोचका कारण चाहेर पनि प्रदेश सरकारले गति लिन नसकेको चर्चा गरे । उनले प्रदेश सरकारले सबैको साथ लिएर विकासका गति अघि बढाउने बताए ।
कार्यक्रममा सांसद गौरीशंकर चौधरीले कान्द्रा नदीसम्म राष्ट्रिय गौरवको सिंचाईं आयोजना पु¥याउने प्रयास भइरहेको बताए ।
उनले लालबोझी–पहलमानपुर तथा मसुरिया–हसुलिया सडक निर्माण कार्य अघि बढेको घोडाघोडी नगरपालिकाका विभिन्न वडामा चार वटा स्वास्थ्य चौकी निर्माण हुने जानकारी दिए ।

आफ्नो मौलिक मुङ्ग्रहवा नाच प्रस्तुत गर्दै थारु कलाकार

कला, संस्कृति, कृषि, पर्यटन र व्यापार, समृद्ध घोडाघोडी विकासको आधार भन्ने नाराका साथ महोत्सव शुरु भएको छ ।
घोडाघोडी उद्योग वाणिज्य संघको आयोजनामा भएको महोत्सव २३ गतेसम्म सञ्चालन हुने जनाइएको छ ।
उद्घाटन कार्यक्रम घोडाघोडी उद्योग वाणिज्य संघका अध्यक्ष जियालाल आचार्यको अध्यक्षतामा भएको थियो ।
सो अवसरमा प्रदेश अमर बहादुरसाउँद, घोडाघोडी नगरपालिका प्रमुख ममताप्रसाद चौधरी लगायतले पनि मन्तव्य व्यक्त गरेका थिए ।
महोत्सव उद्घाटन कार्यक्रममा सखिया नाच, मङरौवा नाच, भुवा नाच, मारुनी नाच र पञ्चेबाजा लगायतको प्रस्तुति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार