१४ बैशाख २०८१, शुक्रबार

बैनिया जेसीजको अध्यक्षमा धिरज शाही



बौनिया । बौनिया जेसीज वर्ष २०१९ को अध्यक्षमा धिरज शाही निर्वाचित भएका छन् ।
बुधबार कैलालीको बौनियामा सम्पन्न आठौं शाखा अधिवेशनले शाहीलाई अध्यक्षमा निर्वाचित गरेको हो । जसको कार्यकारी उपाध्यक्षमा केशव शाही र इन्द्रराज खतिवडा सर्वसम्मत चयन भएका छन् । चार जना उपाध्यक्षमा कृष्णप्रसाद ओझा, चक्र शाही, गोबिन्द बीसी र सुनिल भण्डारीलाई चयन गरिएको छ ।
वर्ष २०१८ का अध्यक्ष जनक बिष्टको अध्यक्षतामा सम्पन्न भएको अधिवेशनमा प्रमुख अतिथि बौनिया जेसीजका संस्थापक अध्यक्ष लीलाजंग शाही, बिशिस्ट अतिथिमा वर्ष २०१६ का अध्यक्ष शिबराज कुंवर रहेका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि शाहीले अब यूवाहरुले आफ्नो नेतृत्व र ब्यक्तित्व बिकाससंगै समाज परिवर्तनका लागि सकारात्मक कार्य गर्नुपर्ने बताए । दिनप्रतिदिन बढ्दो लागु औषध दुर्व्यसनीमा फसेका यूवाहरुलाई सकारात्मक कार्य गर्न चेतनामूलक कार्य गर्नुपर्नेमा जोड दिनुपर्नेमा उनले जोड दिए ।
निर्वाचित भएपछि अध्यक्ष शाहीले बौनिया जेसीजलाई वर्ष २०१९ मा थप गति दिने बताए । उनले यसअघि नेतृत्वले गरेका काम र गतिविधिलाई निरन्तरता दिदै नेतृत्वले पूरा गर्न नसकेको बिकासका कामलाई पूर्णता दिने बताए । आफ्नो कार्यकालमा सक्षम नेतृत्व र ब्यक्तित्व बिकास भएको महसुस हुने गरि उपलब्धिमूलक र क्षमता बिकासका कार्यलाई प्राथमिकता दिने शाहीले बताए ।
यसअघि बौनिया जेसीजमा जोडिएर लामो समय योगदान दिएर काम गरेका सदस्य र आवद्ध हुन चाहने नया सदस्य सबैको मनोभावना बुझेर सबैलाई मिलाएर लैजाने शाहीले प्रतिबद्धता व्यक्त गरे । ‘गर्नुपर्ने धेरै काम र योजनाहरु छन् ति सबैकाम लेखेर सुनाएर साध्य छैन,’ उनले भने– ‘सबै काम योजनाबद्ध रूपले गर्छौं । दुईचार वटा उपलब्धिमूलक काम हुन्छन् ।’
यस्तै पूर्वअध्यक्ष जनक बिष्टले आफ्नो कार्यकालमा थुप्रै उपलब्धिमूलक काम भएको बताए । उनले बौनिया शाखा अन्तर्गत ब्यक्तित्व र नेतृत्व बिकास संगै थुप्रै सामाजिक र मानवीय काम गरेको उल्लेख गरे ।

नयाँ निर्वा्चित पदाधिकारीको पदस्थापना माघ १२ गते गर्नेहुने निवर्तमान अध्यक्ष कृष्ण बिष्टले जानकारी दिए । बौनिया जेसीज वर्ष २०१८ का कार्यकारी अध्यक्ष धिरज शाहीले स्वागत मन्तव्य राखेको उद्घाटन कार्यक्रमको सञ्चालन महासचिव दिनेश भण्डारीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार