२३ बैशाख २०८१, आईतवार

कैलाली कञ्चनपुरमा माघीको रौनक ( फोटो र भिडियो सहित )



हसुलिया । थारु समूदायको महान चाड माघीको पूर्व सन्ध्यामा कैलाली कञ्चनपुरमा विभिन्न कार्यक्रम आयोजना गरिएको छ ।माघी अवसरमा कैलालीको कैलारी गाउँपालिकामा थारु संस्कृतिको प्रदर्शनी तथा पेनाल्टी शुट आउट कार्यक्रम आयोजना गरिएको छ ।
कैलारीका विभिन्न वडाबाट आएका थारु संस्कृतिका झाँकीहरुले हसुलिया बजार परिक्रमा गरेका थिए । ती झाँकीहरु स्थानीय दिपेन्द्र माविमा आयोजित एक कार्यक्रममा पनि प्रदर्शन भए ।
मल्टी युथ क्लव धनगढी र हिमशिखर क्लव हसुलियाको आयोजनामा थारु संस्कृतिको प्रदर्शनी तथा पेनाल्टी शुट आउट कार्यक्रम आयोजना भएको हो । कार्यक्रम आयोजना गर्न कैलारी गाउँपालिका र विभिन्न व्यवसायिक समूहले सहयोग गरेका छन ।

सो कार्यक्रम कार्यक्रम व्यवस्थापन समितिका संयोजक पञ्चराम चौधरीको अध्यक्षतामा भएको थियो । सो कार्यक्रममा गाउँपालिकाका अध्यक्ष लाजूराम चौधरी उपाध्यक्ष लक्ष्मी सत्गौवा लगायतले माघी पर्बको शुभकामना दिएका थिए ।

 

तस्वीर र भिडियो : प्रकाशविक्रम शाह ।

फेरियो माघी

थारू समुदायले मेला महोत्सवसँगै माघी मनाउँदै

 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार