१४ बैशाख २०८१, शुक्रबार

घोडाघोडी महोत्सव हुँदै



धनगढी । विश्व रामसार सूचीमा सूचीकृत घोडाघोडीमा महोत्सव हुने भएको छ । ‘कला, संस्कृति, कृषि पर्यटन र व्यापार, समृद्ध : घोडाघोडी विकासको अधार’ भन्ने नाराका साथ माघ १४ गते देखी २३ गतेसम्म घोडाघोडी महोत्सव २०७५ आयोजना हुने जनाइएको छ ।
घोडाघोडी उद्योग वाणिज्य संघको आयोजना र घोडाघोडी सहायता केन्द्र तथा घोडाघोडी बहुउद्देश्य युवा मञ्चको सहआयोजनामा महोत्सव हुने छ । शनिवार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा महोत्सव मुल आयोजक समिति तथा घोडाघोडी उद्योग वाणिज्य संघका अध्यक्ष जियालाल आचार्यले घोडाघोडी क्षेत्रको विकासका लागि महोत्सव आयोजना गर्न लागिएको जानकारी दिए ।
आयोजकले महोत्सवमा एक लाख बढी दर्शकले महोत्सव अवलोकन गर्ने अनुमान गरेको छ । भने दुई करोड रुपैयाँ बढीको कारोबार हुने अपेक्षा गरिएको छ । उनले महोत्सवबाट संकलित रकम पर्यटन प्रवद्र्धनमा खर्च गरिने बताए ।
महोत्सवमा बाल उद्यान, रमाइलो मेला, थारू गाउँ, मगर गाउँका साथै एक सय बढी व्यापारिक स्टल रहने छन् ।
२००३ मा विश्व रामसार क्षेत्रमा समेटिएको घोडाघोडी ताल नेपालकै सबै भन्दा ठूलो सिमसार क्षेत्र हो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार