१४ बैशाख २०८१, शुक्रबार

पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस मनाइयो



धनगढी । २९७ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस शुक्रबार विभिन्न कार्यक्रम गरी मनाइएको छ । सरकारले पृथ्वी जयन्तीका दिन सार्वजनिक बिदा नदिएको तथा औपचारिक रूपमा दिवस नमनाए पनि जनस्तरबाट विभिन्न कार्यक्रम मनाइयो ।
धनगढीमा राष्ट्रिय मठमन्दिर समन्वय समिति र राष्ट्रिय प्रजातन्त्र पार्टी, टोल समिति तथा समूहले अलग–अलग कार्यक्रम गरेका छन् ।
राष्ट्रिय मठमन्दिर समन्वय समितिले लक्ष्मीनारायण मन्दिरदेखि जिल्ला प्रशासन कार्यालयसम्म प्रभातफेरी कार्यक्रम गरेको छ भने राष्ट्रिय प्रजातान्तित्रक पार्टीले धनगढीको पार्क मोडमा पृथ्वी नारायण शाहको तस्बिर राखेर टीका तथा मल्र्यापण कार्यक्रम गरेको छ ।
यस्तै, धनगढीको लक्ष्मीनारायण चौकमा व्यापार व्यवसायी गरिरहेका व्यापारीहरूले स्वस्फूर्त रूपमा बजारमा पृथ्वीनारायण शाहको तस्बिर राखेर मल्र्यापण तथा टीका लगाउने काम गरेका थिए ।
सो अवसरमा सुदूरपश्चिम प्रदेश सभा सदस्य डिल्लीराज पन्तले पृथ्वीनारायण शाहको तस्बिरमा माल्र्यापण गर्दै सरकारले पृथ्वी नारायण शाहको इतिहासलाई मेट्ने प्रयास गरिरहेको आरोप लगाए ।
“पृथ्वी नारायण शाहले देशलाई एकताबद्ध गर्न ठूलो भूमिका खेलका थिए” उनले भने, “नेपालीले पाएको स्वतन्त्र, सार्वभौम राष्ट्रको गौरवशाली नागरिकको आत्मसम्मानको श्रेय पृथ्वीनारायण शाहलाई जान्छ ।”

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार