१४ बैशाख २०८१, शुक्रबार

दोस्तो प्लस पिकअपको बिक्री शुरु



धनगढी । कैलालीको धनगढीमा अशोक लेल्याण्डको दोस्तो प्लस पिकअप गाडी विक्रीवितरण शुरु गरिएको छ । आइएमइ मोटर्सले बुधबार एक कार्यक्रमको आयोजना गर्दै धनगढी उपमहानगरपालिकाका नगर प्रमुख नृपबहादुर वडबाट विक्रीवितरणको शुभारम्भ गरेको हो ।आइएमइ मोर्टसका प्रोडक्ट इञ्चार्ज प्रभात विक्रम विष्टले दोस्त प्लसको पिकअपमा भारबहान क्षमता भएको, चलाउन सहज लगायतका विशेषता गाडीमा रहेको बताए ।
यो सँगै गाडीमा क्यासलेस इन्स्यूरेन्स पनि लागू गरेको जानकारी दिए । यो गाडीको बजार मूल्य २० लाख ४० हजार रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार