१५ बैशाख २०८१, शनिबार

फरार अभियूक्त २२ वर्षपछि पक्राउ



धनगढी । जबरजस्ती करणीमा कैद तोकिएका फरार अभियूक्तलाई कैलाली प्रहरीले २२ वर्षपछि पक्राउ गरेको छ।

कैलारी गाउँपालिका–७ बस्ने ५२ वर्षीय विरु कामीलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो।

कामीलाई अदालतले २०५३ साल फागुन २१ गते दुइ वर्ष पाँच महिना १९ दिन कैद तोकेको थियो। कामीलाई कैलारी गाउँपालिकाबाटै पक्राउ गरेको कैलाली प्रहरी नायव उपरिक्षक एवम् प्रवक्ता हरिसिंह ओलीले बताए। उनका अनुसार कामी पक्राउ पर्ने डरले भारत गएर लुकेका थिए।

विशेष सूचनाका आधारमा प्रहरी २२ वर्षपछि कामीलाई पक्राउ गर्न सफल भएको ओलीको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार