१५ बैशाख २०८१, शनिबार

कैलाली उद्योग वाणिज्य संघमा तीन प्यानलको उम्मेदवारी दर्ता (अध्यक्षका उम्मेदवारहरूकाे भिडियाे अन्तरवार्ता)



धनगढी । कैलाली उद्योग वाणिज्य संघको निर्वाचनका लागि तीन वटा प्यानलले उम्मेदवारी दर्ता गराएका छन् ।
संघको वर्तमान कोषाध्यक्ष पुष्पराज कु“वर, महासचिव रूपेश स्वाँर र सदस्य डिल्लीराज अवस्थीको प्यानलले उम्मेदवारी दर्ता गराएका हुन् ।

पुष्प कुँवर, अध्यक्ष उम्मेदवार डिल्लीराज अवस्थी, अध्यक्ष उम्मेदवार रूपेश स्वाँरअध्यक्ष उम्मेदवार

अध्यक्षका उम्मेदवार कु“वरको वाणिज्य उपाध्यक्षमा गगन केसी, उद्योग उपाध्यक्षमा पुष्करराज ओझा, वस्तुगत उपाध्यक्षमा शिवराज कु“वर, महासचिवमा ओमबहादुर विष्ट, कोषाध्यक्षमा दिनेश लम्साल र सचिवमा सिद्धराज पनेरुले उम्मेदवारी दिएका छन् ।
कु“वरको प्यानलबाट सदस्यमा तिलक चन्द्र खतिवडा, टोपवहादुर केसी, मनोज अग्रवाल, केशवराज जोशी, लक्ष्मणदत्त पन्त, मिलन कुँवर, शिवराज सापकोटा, सुरेन्द्रकुमार वोहोरा, गौतम महतो, राधिका चौधरी र महेन्द्र सिंहले उम्मेदवारी दिएका छन् ।
कु“वरको प्यानलले गत बैशाखमा हुने भनिएको चुनावमा घोषणा गरेको टीमलाई नै अगाडि सारेर उम्मेदवारी दिएको हो । त्यति बेलाका दुई जना सदस्य उपस्थित हुन नसक्ने भएपछि राधिका चौधरी र महेन्द्र सिंहलाई सदस्यमा उम्मेदवार बनाएको सविचका उम्मेदवार सिद्धराज पनेरूले बताए ।
अध्यक्षका उम्मेदवार कु“वरले व्यवसायीहरुको एकता, हकहित संरक्षण र सुदूरपश्चिमको विकास र आर्थिक समृद्धिको एजेण्डा लिएर आफ्नो टीम चुनावी मैदानमा आएको बताए । उनले आफूलाई गोपाल हमाल, दिनेश भण्डारी, कर्ण कुँवर लगायत पूर्वाध्यक्षहरु र व्यवसायीहरुको साथ रहेको हुनाले प्यानल सहितको जीत सुनिश्चित भइरहेको बताए । उनले सबै व्यवसायीहरुलाई समेतेर अगाडि बढ्ने र व्यवसायिक हितको लागि काम गर्ने आफ्नो प्रमुख एजेण्डा रहेको बताए ।

अध्यक्ष पदका अर्का उम्मेदवार स्वा“रको प्यानलबाट वाणिज्य उपाध्यक्षमा गजराज पाण्डेय, उपाध्यक्ष उद्योगमा टेकवहादुर खड्का, वस्तुगत उपाध्यक्षमा अनिलकुमार भुजानिया, महासचिवमा सुरेश पाण्डेय, कोषाध्यक्षमा भीष्मराज ओझा र सचिवमा सुजित शर्मा उम्मेदवारी दिएका छन् । सदस्यमा तिलक वोहोरा, रूपेश खड्का, श्यामराज जोशी, शिव सोव, दुर्योधन स्वर्णकार, भरत थापा, सीता भट्टराई, बसन्त भट्ट, रवि कु“वर, नृपप्रसाद चौधरी र निरज वोहोरा उम्मेदवारी दिएका छन् ।
स्वा“र नेतृत्वको प्यानलले औद्योगिक क्षेत्रको स्थापना, विशेष आर्थिक क्षेत्र घोषणा र सञ्चालन, साना तथा मझौंला व्यावसायीहरूलाई करछुटको व्यवस्था तथा व्यवसायीहरूको भौतिक तथा पेसागत सुरक्षा प्रमुख प्रतिवद्धताका जनाएको छ । धनगढी, लम्की, भजनी, सुखड, अत्तरिया, जोशीपुर, बौनिया, चौमाला, मसुरिया, पहलमानपुर लगायतका बजारमा सिसिटिभी जडान, गौरीफन्टा सीमानाकाको स्तरन्नोति, धनगढी विमानस्थललाई क्षेत्रीय विमानस्थलका रूपमा स्तरोन्नती, मोहना–अत्तरिया छ लेन सडकको निर्धारित समयमा निर्माण कार्य पूरा गर्नुपर्ने, हुलाकी राजमार्गको निर्माण कार्य पनि प्रमुख मुद्दाको रूपमा अगाडि सारेको छ ।

त्यसैगरी, अध्यक्षका उम्मेदवार अवस्थीको प्यानलबाट वाणिज्य उपाध्यक्षमा इन्द्रबहादुर सेठी, उद्योग उपाध्यक्षमा रामचन्द्र रानाथारु, वस्तुगत उपाध्यक्षमा बासुदेव भट्ट, महासचिवमा नवराज रेग्मी, कोषाध्यक्षमा शैलेन्द्र श्रेष्ठ र सचिवमा जयराज न्यौपानेले उम्मेदवारी दिएका छन् । अवस्थीको प्यानलबाट सदस्यमा रोशन मधकर्मी, गजेन्द्र खड्का, पदमराज पाठक, ध्रुवराज कार्की, शंकरप्रसाद चौधरी, केशवसिंह कार्की, सरस्वती चौधरी र प्रमिला पाठकले उम्मेदवारी दिएका छन् । संघको कार्य समितिमा ११ जना सदस्य रहने व्यवस्था भएपनि अवस्थीको प्यानलबाट आठ जनाले मात्रै सदस्य पदका लागि उम्मेदवारी दिएका छन् ।
अध्यक्षका उम्मेदवार अवस्थीले उद्योग वाणिज्य संघको सुद्धिकरण, व्यवसायीहरुको सुरक्षाका लागि विमा, बजार क्षेत्रको घरभाडाको समस्यालाई समाधान र परिवारलाई निःशुल्क स्वास्थ्य परीक्षण गर्ने एजेण्डा लिएर चुनावी मैदानमा आएको बताए । उनले प्रदेशको आर्थिक समृद्धिका लागि समेत आफ्नो प्यानलले काम गर्ने बताए । उनले विसुद्ध रुपमा व्यवसायिक हकहित संरक्षणकै लागि आफ्नो टीमले काम गर्ने बताए ।

निर्वाचन कार्यक्रमम अनुसार बुधबार सा“झ ५ बजेसम्म उम्मेदवारी दर्ता गर्ने समय दिइएको छ । ५ बजेपछि उम्मेदवारको सूचि प्रकाशन गरी बिहीबार उम्मेदवारी माथि दावी विरोधको समय दिइने छ । शुक्रबार उम्मेदवारी फिर्ता लिने समय दिइने छ भने शनिबार सा“झ ५ बजे उम्मेदवारको अन्तिम सूचि प्रकाशन गरिने छ ।
पुस २८ गते विहान ८ बजेदेखि सा“झ ४ बजेसम्म मतदान गर्न गरिने संघको निर्वाचन समितिले जनाएको छ । निर्वाचन समितिले सकेसम्म मतदान लगत्तै मतगरणा पनि शुरु गरिने छ ।
फर्जि सदस्यता छानविनपछि संघको सदस्य दुई हजार सात सय २५ जना कायम भएको छ । तिनै सदस्यहरुले मात्रै मतदान गर्न पाउने छन् ।

सम्बन्धित समाचार

कैलाली उद्योग वाणिज्य संघमा उम्मेदवारी पर्दै

कैलाली उवासंघको आसन्न निर्वाचन : रुपेश स्वाँर नेतृत्वको प्यानल घोषणा

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार