१५ बैशाख २०८१, शनिबार

गैसस महासंघ प्रदेश समिति अध्यक्षमा खनाल



धनगढी । गैरसरकारी संस्था महासंघ सुदूरपश्चिम प्रदेश समितिको बुधबार धनगढीमा बसेको बैठकले देवीप्रसाद खनाललाई अध्यक्षमा चयन गरेको छ ।

देवीप्रसाद खनाल

महासंघका प्रदेश समिति अध्यक्ष भवराज रेग्मी केन्द्रीय सदस्य तथा सुदूरपश्चिम इञ्चार्जमा निर्वाचित भएपछि रिक्त रहेको अध्यक्ष पदमा उपाध्यक्ष रहेका खनाललाई अध्यक्षमा बढुवा गरिएको हो । खनाल अध्यक्ष भएपछि रिक्त रहेको उपाध्यक्ष पदमा बैठकले बाजुराका नीर शाहीलाई उपाध्यक्षमा चयन गरेको छ । त्यसैगरी बझाङका विरेन्द्र खड्कालाई प्रदेस समिति सदस्यमा चयन गरिएको छ ।
बैठकले संघीय र प्रदेश सरकारले निर्माण गरिरहेको गैरसरकारी संस्था सम्बन्धी कानुन गैरसरकारी संस्थामैत्री बनाउन सरकारलाई सुझाव दिने निर्णय गरेको छ । सुदूरपश्चिम प्रदेशका सामाजिक मुद्दाहरुलाई समाधान गर्न छलफल, बहस र पैरवी गर्ने निर्णय गरेको बैठकमा सहभागी भएका गैरसरकारी संस्था महासंघका केन्द्र सचिव धर्मराज पाठकले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार