१५ बैशाख २०८१, शनिबार

अस्पतालका क्यान्टिन नै दुर्गन्धित



धनगढी । बिरामीलाई उपचार गर्ने अस्पतालका क्यान्टिन नै दुर्गन्धित छन् । उपचार गर्न अस्पताल पुगेका बिरामीहरु नै अस्वस्थ्य खानेकुरा खान बाध्य भइरहेको पाइएको छ । आइतबार धनगढीका अस्पतालमा रहेका क्यान्टिनमा गरिएको अनुगमनका क्रममा खाना पकाउने स्थल नै अस्वस्थ रहेको पाइएको थियो ।
संयुक्त बजार अनुगमन टोलीले गरेको नियमित बजार अनुगमनले अस्पतालका क्यान्टिन अव्यवस्थित रहेको टोलिका संयोजक तथा क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालका खाद्य अनुसन्धान अधिकृत दिपक कुँवरले बताए । “धनगढीमा सञ्चालित अस्पतालका क्यान्टिनमा सरसफाईमा ध्यान दिएको पाइएन” उनले भने– “पहिलो पटक अनुगमन गरेकाले सुधार गर्न निर्देशन दिएका छौं ।”
दोस्रो पटक आउँदा पनि सुधार नगरेको भेटिए बन्द गराउने छौं । खाना खान प्रयोग हुने अचारहरु पनि बासी प्रयोग गर्ने भेटिएको हो ।
धनगढी सञ्चालित एक मात्र सरकारी अस्पताल सेतीको क्यान्टिन नै दुर्गन्धित भेटिएको हो । साँघुरो ठाउँमा सञ्चालित क्यान्टिन पकाउने भाडा धुने सबै एक ठाउँमा अव्यवस्थित रहेको कुँवरले बताए । “सरकारी अस्पतालमा नै मूल्य सूची राखेको छैन् । पकाउने भान्सा पनि दुर्गन्धित भेटियो ।” अस्पतालमा सहि ढंगले पानीको निकास समेत नरहेको उनले बताए । धनगढी कतिपय अस्पतालमा क्यान्टिन नै सञ्चालन नभएको भएका पनि अव्यवस्थित भेटिएका हुन् ।
धनगढी चटकपुरमा सञ्चालित माया मेट्रो अस्पतालमा क्यान्टिनको अवस्था पनि दुर्गन्धित रहेको अनुगमनका क्रममा भेटिएको हो । बाहिर हेर्दा सफा देखिए पनि बिरामीले खाना, खाजा खाने क्यान्टिन भने दुर्गन्धित रहेको टोलिले जनाएको छ । पकाउने, भाडा धुने सबैँ एकैठाउँमा हुँदा खाने कुरा नै गुणस्तरिय नभएको भेटाएको हो । खाने खाना खानामा पनि गुणस्तरहिन कलर हाल्ने गरेको भेटिएको खाद्य अनुसन्धान अधिकृत कुँवरले बताए । खानाहरु खुल्ला र फोहोर यत्रतत्र फाल्दा भान्साहरु नै दुर्गन्धित थिए ।
चटकपुरमा नै सञ्चालित सीपी अस्पतलामा पनि क्यान्टिन सहि ढंगल सञ्चालन हुँदा बिरामीहरुले गुणस्तरिय खाना खान पाएका छैनन् । कुँवरले पहिलो दिन भएकाले सफा गर्न निर्देशन दिँदै खाना पकाउने कलर मात्र जफत गरेको बताए । क्यान्टिनहरु सञ्चालन गर्दा घरेलुमा दर्ता गर्नु पर्ने भए पनि कसैले पनि नगरेको घरेलु तथा साना उद्योग कार्यालयका नासु सुजन श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार