१४ बैशाख २०८१, शुक्रबार

नमुना कृषक सहकारीको नयाँ कार्यसमिति



टीकापुर । टीकापुरमा रहेको नमुना कृषक बहुउद्देश्यीय सहकारी संस्थाको १२ औं वार्षिक साधारण सभाबाट जीतबहादुर चौधरी पुनः सञ्चालक समितिको अध्यक्षमा चयन भएका छन् ।त्यस्तै, सञ्चालक समितिको उपाध्यक्षमा सीता चौधरी, कोषाध्यक्षमा जोखनलाल चौधरी, सचिवमा विश्वराज चौधरी र सहसचिवमा खगिसरा घर्तिमगर निर्विरोध चयन गरेको छ ।
त्यस्तै, लेखा संयोजकमा अशोजी घर्तिमगर र सदस्यहरूमा मानबहादुर चौधरी र झगरु चौधरी चयन भएका छन् ।
यसअघि साधारण सभाको रानी जमरा कुलरिया सिंचाई आयोजना कृषितर्फ कार्यान्वयन इकाई टीकापुरका प्रमुख सुनिलकुमार सिंहले उद्घाटन गरेका थिए ।
सो अवसरमा उनले यस क्षेत्रका किसानका लागि आयोजना र स्थानीय निकायमा किसानको मागमा आधारित विभिन्न कृषि कार्यक्रम सञ्चालन भइरहेकोले किसानहरू उक्त निकायसँग समन्वय र सहकार्य गर्नुपर्ने बताए ।
टीकापुर नगरपालिका वडा नम्बर १ का अध्यक्ष गंगाराम आचार्यले स्थानीय निकाय पनि कृषि सहकारीसँग सहकार्य गर्दै जाने र यसको लागि यस क्षेत्रका माटो परीक्षण तथा तरकारी संकलन केन्द्रको अवधारणा अगाडि बढाइरहेको बताए ।
सभामा कोषाध्यक्ष जोखनलाल चौधरीले संस्थाको आर्थिक वर्ष २०७४÷०७५ को ४० लाख १३ हजार रुपैयाँको आयव्यय विवरण प्रस्तुत गरेका थिए ।
सहकारीका अध्यक्ष जीतबहादुर चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा नेकपाका बालकृष्ण चौधरी, लेखा संयोजक बलबहादुर रावल, पत्रकार गणेश चौधरीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
सहकारीका उपाध्यक्ष सीता चौधरीले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव रामबहादुर चौधरीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार