१४ बैशाख २०८१, शुक्रबार

निःशुल्क दन्त शिविर



बौनिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर २ बौनियास्थित आदर्श सामुदायिक विद्या मन्दिरमा शुक्रबार निःशुल्क दन्त शिविर भएको छ ।आदर्श सामुदायिक विद्या मन्दिरको आयोजना तथा मालिका डेन्टलको प्राविधिक सहयोगमा सो शिविर भएको जनाइएको छ ।
शिविरमा कोहलपुर मेडिकल कलेजका प्रोफेसर डाक्टर डवल धामी र मालिका डेन्टलका डेन्टिस केशव शाहीले उपचार सेवा प्रदान गरेका थिए ।
शिविरबाट बिद्यालयका चार सय ३० जनाले सेवा लिएका छन् । तीमध्ये दुई सय जना विद्यार्थीको दात निकालिएको डेन्टिस्ट केशव शाहीले बताए । उनले ५० जनाको दातमा सिमेन्ट भरिएको जानकारी दिए ।
यसैगरी दात र मुखका जटिल बिरामीलाई थप उपचारका लागि मालिका डेन्टलमा पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार