१४ बैशाख २०८१, शुक्रबार

कवड्डी प्रतियोगिता शुरु



धनगढी । धनगढी उपमहानगरपालिका वडा नम्बर ११ स्थित ठेकराज माध्यमिक विद्यालयको आयोजनामा शुक्रबारदेखि अन्तरमावि कवड्डी प्रतियोगिता शुरु भएको छ ।
यो प्रतियोगिताको धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर वडले एक संक्षिप्त कार्यक्रमबीच उद्घाटन गरे । प्रतियोगितामा आठ विद्यालयको सहभागिता रहेको छ ।
सो अवसरमा नगर प्रमुख वडले उपमहानगरपालिकाका सबै वडामा खेल मैदान निर्माणका लागि बजेट विनियोजन भइसकेको बताए ।
त्यसैगरी वडा नम्बर ८ मा सञ्चालित भलिवल प्रतियोगितामाको शुक्रबार समापन भएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार