१४ बैशाख २०८१, शुक्रबार

मदरल्याण्ड युथ कप : पिएफए अत्तरिया र सुदूरपश्चिम–११ पनि सेमिफाईनलमा प्रवेश



धनगढी । कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ८ जोनापुरमा जारी मदरल्याण्ड युथ कप २०७५ को सेमिफाईनल समिकरण पूरा भएको छ । बुधबार दुईवटा क्वाटरफाईनलका खेल सम्पन्न भएसागै सेमिफाईनल समिकरण पुरा भएको हो । बुधबारको खेलमा जीत हात पार्दै पिएफए अत्तरिया र सुदूरपश्चिम–११ सेमिफाइनल पुगेका छन् ।
पहिलो खेलमा पिएफए अत्तरियाले चारपाते युवा क्लवलाई ३–१ ले हरायो । पिएफएलाई जिताउन नरेन्द्र रावलले दुई गोल गरे । उनले पहिलो हाफको ३१ औं र ३८ औं मिनेटमा गोल गरे । उनी खेलको म्यान अफ द म्याच भए । अशोक चौधरीले पहिलो हाफको ३२ औं मिनेटमा एक गोल गरे । चारपातेका लागि अजय थापाले पहिलो हाफको १३ औं मिनेटमा एक गोल गरेका थिए ।
त्यस्तै, दोस्रो खेलमा सुदूरपश्चिम–११ स्पोर्टस क्लबले नवदुर्गा युवा क्लबलाई टाईब्रेकरमा हरायो । निर्धारित समयमा दुबै टोलीले एक एकको बराबरी खेलेपछि टाईब्रेकरमा सुप–११ ले ३–१ को जीत निकाल्यो । आफ्नो टोलीलाई सेमफिाईनल पुराउनका लागि सुप–११ का गोलरक्षक अमानत सेखले तीन वटा पेनाल्टी प्रहार बचाउ गरे । उनी खेलको म्यान अफ द म्याच भए ।
यसअघि नवदुर्गा युवा क्लवका लागि वादल पाख्रीनले पहिलो हाफको ९ औं मिनेटमा गोल गरेका थिए भने सुदूरपश्चिम–११ का लागि विदेशी खेलाडी ओटोले पहिलो हाफको ३० औं मिनेटमा गाल गरेका थिए ।
प्रतियोगिता अन्तर्गत आज (बिहीबार) दुवै सेमिफाईनलका खेल हुने छन् । पहिलो सेमिफाईनलमा बिहीबारका विजयी टोलीहरू पिएफए अत्तरिया र सुदूरपश्चिम ११ तथा दोस्रो सेमिफाईनलमा आयोजक मदरल्याण्ड युवा क्लब र फारवेष्ट पशुपति बीच फाईनल प्रवेशका लागि खेल हुने आयोजक मदरल्याण्ड युवा क्लबका अध्यक्ष श्रवण चौधरीले जानकारी दिए ।
मदरल्याण्ड युथ क्लबको आयोजनामा सुरु भएको प्रतियोगिता पुस ७ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिताको विजेताले नगद दुई लाख र उपविजेताले नगद एक लाख प्राप्त गर्नेछन् । हाम्रो गोल, सामाजिक विकृति विरुद्धको गोल भन्ने नाराका साथ आयोजना भएको प्रतियोगिताका खेलहरू आयोजक मदरल्याण्ड युबा क्लबको खेल मैदानमै सञ्चालन भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार