१४ बैशाख २०८१, शुक्रबार

सेनेटरी प्याड वितरण



जोशीपुर । कैलालीको जोशीपुर गाउँपालिका वडा नम्बर १ स्थित महोन्याल माध्यमिक विद्यालयका किशोरीहरूका लागि सोमबार सेनेटरी प्याड वितरण गरिएको छ ।
जोशीपुर गाउँपालिकाका उपाध्यक्ष गीता कठरियाले एक संक्षिप्त कार्यक्रमबीच विद्यालयका प्रधानाध्यापक देवेन्द्रप्रसाद शाहलाई चार सय थान सेनेटरी प्याड हस्तान्तरण गरे ।
जोशीपुर स्वास्थ्य शाखाको आयोजनामा २० हजार रुपैयाँ मूल्य बराबरका सेनेटरी प्याड विद्यालयलाई हस्तान्तरण गरिएको जोशीपुर स्वास्थ्य शाखा संयोजक कैलाश थारूले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार