१९ बैशाख २०८१, बुधबार

लागूपदार्थ नियन्त्रणका लागि अन्तक्र्रिया



धनगढी । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) क्षेत्रीय कार्यालय धनगढी र शान्ति युवा समूहको संयुक्त आयोजनामा बुधवार कञ्चनपुरको बेलौरीमा युवा दुव्र्यसनी तथा लागुपदार्थ नियन्त्रणका लागि सरोकारवालाहरूको भूमिका विषयक् अन्तक्र्रिया भएको छ ।
अन्तक्र्रियाको इलाका प्रहरी कार्यालय, बेलौरीका इञ्चार्ज प्रहरी निरीक्षक कृष्णनन्द भट्टले उद्घाटन गरेका थिए । कार्यक्रम शान्ति युवा समूहका संयोजक सिद्धराज विकको अध्यक्षतामा भएको थियो ।
कार्यक्रममा युवाहरूलाई दुव्र्यसनी तथा लागुपदार्थ सेवनको प्रभाव र नियन्त्रणका लागि समाधानका उपायहरू बारे छलफल भएको थियो ।
इन्सेक जिल्ला प्रतिनिधि कोमलनिरन्जन भाटले सहजीकरण गरेको अन्तक्र्रिया कार्यक्रममा मानवअधिकार निगरानी समूहका पदाधिकारीहरू, शान्ति युवा समूहका पदाधिकारीहरू लगायत पत्रकारहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार