७ जेष्ठ २०८१, सोमबार

रेशमलालले सबै सम्वन्ध कोसित तोडे



धनगढी/ नागरिक उन्मुक्ति पार्टीका संरक्षकले मंगलबार राति ९ : १७ मा फेसबुकमा स्टाटस लेख्दै सबै सम्वन्ध समाप्त । विश्वासमाथिको आघात । यो भन्दा अपराध केही हुन सक्दैन भनेका छन् ।

उनले सुदूरपश्चिम र लुम्बिनि सरकार छोड्नु पर्ने बताइरहेका बेला अध्यक्ष रञ्जिता श्रेष्ठ निकट टिका थापा सुदूरपश्चिमको मन्त्री भएपछि त्यस्तो टिप्पणी लेखेको बताइएको छ ।

रेशमलालले सबै सम्वन्ध समाप्त भन्दा अब श्रीमती रञ्जितासित सम्वन्ध विच्छेद त हुँदैन भन्ने चिन्ता व्यक्त गरेका छन् ।


उनले सुदूरपश्चिम प्रदेश सरकार विस्तार बारे टिप्पणी गर्दे सुदूरपश्चिमको मन्त्रीमण्डल विस्तार थरुहट आन्दोलनप्रतिको धोका हो भन्ने टिप्पणी गरेका थिए ।

उनले झण्डै आधा घण्टाको अवधीमा छ वटा स्टाटस लेखेका छन् । ती सबै स्टाटस रञ्जितालाई लक्षित गरेर टिप्पणी गरेका छन् । एउटा स्टाटसमा उनले भनेका छन् जसलाई जहाँ फाईदा हुन्छ उतै लाग्नुस तर म पहिचानको आन्दोलनलाई विस्थापित गर्न सक्दैन ।

आजको यहिदिन देख्नको लागि म आठ बर्ष जेल बसेको रहेछुँ । मेरो श्री सम्पतिमा आगो लागेको सहें, तीन वर्ष प्रवास सहें । जेल नेल सहें । आरोप प्रत्यारोप सहें । अब सहन के नै बाँकी छ र ? अर्को स्टाटसमा उनले भनेका छन् कोही सांसद बने, कोही मेयर बने , कोही मन्त्री बने , म के बनेँ ? संघर्ष गर्न सिकाएकै छु , गर्नुस, विजय बन्नुस -उनले फेसबूक स्टाटसमा लेखेका छन् ।

लगत्तैको अर्को टिप्पणीमा रेशमलालले भनेका छन् अव एक महिना आराम चाहन्छु, अति भो । फेरि अर्को भनाइ पनि आएको छ, धेरै बेच्यौ, अब बिक्दिन होला ।

बेच्ने र बिक्दिन भन्ने कुरा पनि सो पार्टीका अध्यक्ष तथा उनकी श्रीमति रञ्जिता केन्द्रीत छ । उनले आफ्नो नाम बेचेर पाटी बनेको भन्न खोजेको हुन सक्छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार