१५ बैशाख २०८१, शनिबार

पोलियो खोप कार्यक्रम प्रभावकारी



धनगढी । नेपाल सरकारले सञ्चालन गरेको राष्ट्रिय पोलियो खोप कार्यक्रम कैलालीमा प्रभावकारी भएको छ । नेपाल सरकारले कैलाली सहित १५ जिल्लामा गत फागुन २१ र २२ गते कार्यक्रम सञ्चालन गरेको थियो ।
जिल्ला जनस्वास्थ्य कार्यालय कैलालीले जिल्लाभर पाँच वर्ष मुनिका ९१ हजार ८३ बालबालिकालाई उक्त खोप खुवाउने लक्ष्य लिएकोमा जिल्लामा ९६ प्रतिशत बालबालिकालाई उक्त खोप खुवाइएको कार्यालयका खोप सुपरभाईजर प्रदीप जोशीले जानकारी दिए । ९० प्रतिशतभन्दा बढीलाई खोपको पहुँचमा ल्याइएमा कार्यक्रमलाई प्रभावकारी भएको मानिने उनले बताए । उनले राष्ट्रिय पोलियो खोप कार्यक्रम अन्तर्गत जिल्लामा ८८ हजार नौ सय सात बालबालिकालाई पोलियो खोप खुवाएको जानकारी दिए ।
नेपाललाई सन् २०१० मानै पोलियो उन्मुलन घोषणा गरिए पनि भारतमा उन्मुलन नभएकाले रोगको संक्रमण तराईका जिल्लामा फैलन सक्ने भन्दै स्वास्थ्य मन्त्रालयले कैलाली सहित तराईका १२ र काठमाडौँका तीन जिल्ला गरी १५ जिल्लामा कार्यक्रम सञ्चालन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार