१४ बैशाख २०८१, शुक्रबार

जेटीकप क्रिकेट : नमुना, उज्यालो र जनजागृति विजयी



बौनिया । सडकपुर बौनियामा जारी जेटीकप क्रिकेटको आइतबार भएका खेलमा नमुना, उज्यालो र जनजागृति स्कुल विजयी भएका छन् । आइतबारको पहिलो खेलमा नमुना स्कुलले नवबालबाटिकालाई २५ रनले पराजित गऱ्यो ।
टस जितेर पहिले ब्याटिङ गरेको नमुनाले निर्धारित १५ ओभरमा नौ बिकेटमा ९२ रन बनायो । ९३ रनको विजयी लक्ष्य सहित मैदानमा बालबाटिका १५ औं ओभरमा ६७ रनमा अलआउट भयो ।
बालबाटिकालाई हराउने क्रममा नमुनाका किरन शाहीले ह्याट्रिक सहित तीन ओभरमा आठ रन खर्चिदै पाँच बिकेट लिए । त्यस्तै, वीरु तामाङले तीन ओभरमा सात रन खर्चेर तीन बिकेट लिए । सो खेलमा नमुनाका किरण शाही म्यान अफ द म्याच भए ।
दोस्रो खेलमा उज्यालो लम्कीलृ गुरुकुललाई चार बिकेटले हरायो । टस जितेर पहिले ब्याटिङ गरेको गुरुकुलले १४ ओभरमा ५० रनमा बनायो । ५१ रनको विजयी लक्ष्य पाएको उज्यालोले छ विकेट क्षतिमा लक्ष्य प्राप्त गऱ्यो ।
उज्यालोका किरण बोगटीले तीन ओभरमा ११ रन खर्चेर चार बिकेट लिए । गुरुकुलका केशब गिरीले १६ रन बनाए । उज्यालोका किरण बोगटी म्यान अफ द म्याच बने ।
आइतबारको अन्तिम खेलमा जनजागृतिले सर्बोदयलाई पांच बिकेटले पराजित गऱ्यो । टस जितेर पहिले ब्याटिङ गरेको सर्बोदय१४ औं ओभरमा ६८ रनमा अलआउट भयो ।
जनजागृतिका जनक ढकालले दुई बिकेट लिए । जनजागृतीका सुन्दर सिंह म्यान अफ द म्याच भए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार