१५ बैशाख २०८१, शनिबार

सुर्मामा महोत्सव सञ्चालन



बझाङ । सुर्मा गाउँपालिकामा पर्यटक भित्र्याउने उद्देश्यले महोत्सव सञ्चालन गरिएको छ ।
सुर्मा गाउँपालिकामा रहेका सुर्मा सरोबर ताल, तातोपानी तथा धार्मिक मेला विरीजात सहितका पर्यटकीय स्थलको प्रचारप्रसार गर्ने उद्देश्यले महोत्सब संचालन गरिएको स्थानीय दिनेशबहादुर बोहराले बताए ।
युनिक मोशन युवा समाजको आयोजनामा मंगलबारदेखि महोत्सव भइरहेको छ ।
महोत्सवमा दोहोरी गायिका राधिका हमाल, गायक मनिष खड्का, डेउडा गायक लालबहादुर धामी लगायतको प्रस्तुति भइरहेको छ । महोत्सव आज शुक्रबार समापन हुने छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार