१४ बैशाख २०८१, शुक्रबार

अत्याधुनिक सुविधासम्पन्न होटेल सञ्चालनमा



धनगढी  ।  धनगढीमा आधुनिक होटेल फ्लोरा बिहीबारदेखि सञ्चालनमा आएको छ । सुदूरपश्चिमको केन्द्रका रूपमा विकसित हुँदै गइरहेको धनगढीमा आउने पर्यटक, व्यवसायी, लगायत सम्पूर्णलाई उचित वासस्थान गर्ने सोचका साथ करिब २१ करोडको लगानीमा होटेल सञ्चालनमा ल्याइएको हो ।
होटेलको ब्रह्मनिष्ठ सन्त शिरोमणि स्वामी श्री लोकानन्द महाराज जीले पूजापाठ गरी उद्घाटन गरेका थिए ।
होटलका सञ्चालक पुष्पराज कुँवरको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि ब्रहमनिष्ठ सन्त शिरोमणि स्वामी लोकानन्द महाराज जी रहेका थिए ।
१० कट्ठा क्षेत्रफलमा फैलिएको होटेलमा ३४ ओटा कोठाहरू रहेका छन् । जसमा पाँच ओटा डिलक्स कोठाहरू वाथटप सहितका छन् भने अन्य २९ कोठाहरू ए/सी सहितका रहेको सञ्चालकले जानकारी दिए ।
सञ्चालक पुष्पराज कुँवरका अनुसार करिब तीन सय क्षमता भएका तीन ओटा सुविधा सम्पन्न ट्रेनिङ्ग हलहरू रहेको यस होटेलमा विवाह, सेमिनार, गोष्ठी लगायतका कार्यहरू गर्नका लागि पर्याप्त खुला स्थानहरू समेत रहेको छ ।
सुदूरपश्चिमको पर्यटकीय स्थलहरू खप्तड, रामारोशन, अछामको साँफेवगर लगायत सुदूरपश्चिमका अन्य पहाडी जिल्लाहरूमा समेत चैनको रूपमा होटेल व्यवसाय स्थापना गर्ने लक्ष्य लिएको बताउँदै ।

 

सम्बन्धित  थप समाचार

सुविधायुक्त होटेल सञ्चालनमा आउने

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार