१५ बैशाख २०८१, शनिबार

साहित्य समाजको अध्यक्षमा जोशी



धनगढी  ।  सुदूरपश्चिमाञ्चल साहित्य समाज कैलालीको १३ औँ साधारण तथा नवौँ अधिवेशनबाट रामलाल जोशी तेस्रो पटक अध्यक्षमा निर्वाचित भएका छन् । जोशीले एक सय ६२ प्राप्त गरे अध्यक्ष पदका अर्का प्रत्यासी टोपेन्द्र शाहले ८९ मत प्राप्त गरे ।

अध्यक्ष रामलाल जोशी

त्यसै गरी, सदस्यहरूमा तीर्थराज पाण्डेय (१८१), यज्ञराज जोशी (१६२), हरिकृष्ण कडायत (१४९), तोयानाथ
भट्ट (१३९), रूपा स्वाँर (१२२), यशोदा भण्डारी (१२१), भूलिया राना (११९), सिद्धराज जोशी (१०४), एनके
जोशी (१०३), दुर्गा मल्ल (९६), तारा भट्ट ‘पल्लवी’ (९५), तीर्थराज पाठक (९३) निर्वाचित भएका छन् ।
विजयी सदस्यहरूमध्ये दुई जना उपाध्यक्ष, एक जना महासचिव र एक जना कोषाध्यक्ष चयन गरिने छ । १२ सदस्य पदका लागि ३२ जनाले उम्मेदवारी दिएका थिए । अध्यक्षमा विजयी जोशी २०७३ सालको ‘ऐना’ कथा सङ्ग्रह लेखे वाफत मदन पुरस्कार विजेता हुन ।
चार सय २४ मत सङ्ख्या रहेको भए पनि दुई ५५ मत मात्र खसेको थियो ।
अधिवेशनमा आर्थिक तथा सांगठनिक प्रतिवेदनहरूसमेत प्रस्तुत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार