१४ बैशाख २०८१, शुक्रबार

पल्सर १६० को बिक्री सुरु



धनगढी  ।  धनगढीको दिनेश गु्रपको दिनेश अटोमोटिभ्सले बजाजको नयाँ पल्सर १६० एनएसको धनगढीमा विक्री सुरु गरेको छ ।
बिहीबार एक समारोहका बिच दिनेश गु्रपका कार्यकारी अध्यक्ष श्याम हमालले नयाँ पल्सर बाईकमा राखिएको कभर उठाएर उद्घाटन गरेका थिए ।
मोटरसाइकलको स्पोर्ट सेग्मेन्टमा एउटा पूर्णत: नयाँ आयाम थप्नका लागि पल्सर १६० एनएसको डिजाइन गरिएको र बाईकले ग्राहकलाई नयाँ जोस र अनुभूति प्रदान गर्ने उनले बताए । बाईकमा रहेको १६० सिसि डिटियस आई ईन्जिनले दिने १५ दशमलव पाँच पिएस पावरले ग्राहकको दैनिक जीवनमा रोमाञ्चक यात्राको सुनिश्चित प्रदान गर्ने उनले बताए । समयको महत्त्व र दैनिक जीवनमा धेरै यात्रा गर्नका लागि बाईक उपयुक्त रहेको उनले बताए ।
आरामदायिक सवारीको सुनिश्चितताका साथै सुरक्षित ब्रेकिङ्ग, आधुनिक एंव आकर्षक, रोडग्रीप र सुरक्षित बाईड ट्युवलेस टायर, ईन्जिन स्टार्ट हुना साथ पुरा लाईटिङ र जुनसुकै अवस्थामा पनि कुलिङ क्षमता बाईकमा रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार