१५ कार्तिक २०८१, बिहीबार

सुदूरपश्चिममा जस्तै हाम्रो आवश्यक्ता सबैतिर होस : अध्यक्ष नेपाल




धनगढी / नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले सुदूरपश्चिममा जस्तै केन्द्र र अन्यत्र पनि सरकार निर्माणमा हाम्रो आवश्यक्ता महसुस गर्नुपर्ने बताएका छन् ।

उनले आफ्नो दलले राष्ट्रपति हुने अवस्था आए को हुने भन्ने विषयमा पार्टी छलफल हुने पनि बताए । धनगढीमा आइतबार आयोजित पत्रकार सम्मेलनमा सोधिएको एक प्रश्नमा उनले व्यक्तीगतरुपमा आफू राष्ट्रपति हुने नहुने कुराको महत्व नहुने बताउदै राष्ट्रिय परिस्थिति र पार्टी निर्णले त्यसको टुंगो लाग्ने बताए ।

अध्यक्ष नेपालले राष्ट्रिय सहमतिमा राष्ट्र«पति बनाउदा आफ्नो दललाई आपत्ति नहुने बताए । तर राष्ट्रिय सहमतिमा बन्ने राष्ट्रपतिको उम्मेदवार पात्र भने उपयुक्त हुनु पर्ने उनको भनाइ थियो ।

वामपन्थी एकतामा जोड दिएका नेपालले नेकपा (एमाले) संगको एकताका विषयमा भने एक हातले ताली नबज्ने टिप्पणी गरे । हामी एकताका विषयमा संकिर्ण छैनौ, आग्रह राख्दैनौ, बदला लिदैनौ, अपमान गर्देनौ, खिल्ली उडाउदैनौ उनले भने ।

वाम एकता भन्नुहुन्छ राष्ट्रिय जनता पार्टी (राजपा) संग एकताको प्रयास गरिहनु भएको छ के राजपा वामपार्टी हो भन्ने प्रश्नको जवाफमा उनले राजपाका दस्तावेज, विगत, त्यहाँ रहेका व्यक्तीको अनुहार हेर्दा त्यो पार्टी वामपन्थी दल हो भन्ने संकेत गर्नुभयो । अशोक राई, राजेन्द्र श्रेष्ठ लगायतका धेरै नेताहरु वाम पृष्ठभूमिका छन् उनले जसपामा रहेका धेरै नेताको नाम लिदै भने ।

पूर्वप्रधानमन्त्री नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राष्ट्रिय सहमतिले मुलुक सञ्चालन गर्ने, राष्ट्रपतिको चुनाव गर्ने विचार उपयुक्त भए पनि संविधान, संघियता, धर्मनिरपेक्षता, समावेशिकरणका सवालमा स्पष्ट धारणा आउनु पर्ने बताए ।

फरक प्रसंगमा सुदूरपश्चिम प्रदेश सभा विघटन हुन नहुने धारणा राख्दै मध्यावधी हुँदा मुलुकलाई आर्थिक नोक्सानी हुने बताए । केहीले चुनाव हुँदा अझ ठूलो दल हुन्छौ कि भन्ने सोचेका होलान त्यो ठिक होइन उनले भने ।

उनले टीकापुर हत्याकाण्डमा दोषी ठहर भएर डिल्लीबजार कारागारमा जेल जीवन बिताइरहेका रेशम चौधरीलाई रिहा गर्न आवश्यक रहेको बताए ।

मैले त प्रतिनिधि सभामै उहाँको रिहाइको माग गरे उनले भने, ‘रेशम मात्र होइन, हिजो माओवादीको शान्ति प्रक्रियासँग जोडिएको कुरा, विप्लवहरुका मुद्दा, हाम्रै पनि कतिपय मुद्दा मामला छन् यस्ता राजनीतिक प्रकृतिका विषयवस्तु र मुद्दालाइ छिटो टुंगो लगाउनु राम्रो हुन्छ ।’

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार