६ कार्तिक २०८१, मंगलवार

बलात्कृत किशोरीलाई न्याय दिने प्रतिवद्धता



धनगढी । कैलालीमा हजुरबुवा नाता पर्ने बाट बलात्कृत भएकी किशोरीको परिवारलाई राष्ट्रिय महिला आयोगको टोलीले भेटेर न्याय दिने प्रतिबद्धता जनाएको छ ।

मंगलवार राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीको नेतृत्वमा रहेको टोलीले कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ५ मा आफ्नै हजुरबुवाबाट बलात्कृत भएकी १३ बर्षिया बालिकालाई र उनको परिवारलाई भेटेको हो । टोलीमा जनप्रतिनिधी समेत सहभागि थिए ।
अध्यक्ष पराजुली सहितको टोलीलाई पीडित पक्षले आफूहरूलाई न्याय पाउन समस्या भइरहेको गुनासो गरेका थिए ।

‘पैसाको प्रलोभनमा पारेर हामीलाई कमजोर बनाउने प्रयास भइरहेको छ’ पीडित किशोरीका परिवारले भने, ‘हामीलाई न्याय चाहियो ।’
गत कार्तिक ५ गते किशोरी माथि बलात्कार भएको थियो । तर, माघ ९ गते मात्रै परिवारका सदस्यहरूले किशोरी बलात्कृत भएको जानकारी पाए । स्वास्थ्य परीक्षणका क्रममा गर्भ रहेको थापा पाएपछि किशोरीले आफू बलात्कृत भएको बताएकी थिइन् ।

बलात्कारको आरोपमा प्रहरीले ९ गते नै गोदावरी नगरपालिका ५ कै ५० कालु राम चौधरीलाई पक्राउ गरेको थियो । तर, अहिले सम्म उनी माथि कारबाही नहु“दा पीडित पक्षले आयोगको टोलीलाई न्याय पाउन ढिलाइ भइरहेको गुनासो गरेका थिए ।

अहिले किशोरीको कोखमा ४ महिनाको गर्भ हुर्किरहेको छ ।

‘आफ्नै हजुर बुवा नाता पर्ने बाट बलात्कृत हु“दा पनि कारबाही नहुनु बिडम्बना हो’ आयोगकी अध्यक्ष पराजुलीले भनिन्, ‘मैले तत्काल सुरक्षा निकायलाई पीडकलाई कारबाही र पीडितलाई न्याय दिन निर्देशन दिएको छु ।’

उनले यस्तो घटनामा पीडितले न्याय पाउन ढिलाइ हु“दा आपराधिक मानसिकतामा वृद्धि हुने र यस्ता घटना बढ्दै जाने गरेको बताइन् ।
यस अघि पीडित परिवार तथा स्थानीयले न्याय पाउन ढिलाइ भइरहेको भन्दै मोहना अत्तरिया सडक खण्ड १ घण्टा अवरुद्ध पारेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार