७ कार्तिक २०८१, बुधबार

प्रेस संगठन कैलालीको विस्तार



धनगढी । प्रेस संगठन कैलालीको कार्यसमिति विस्तार गरिएको छ । सोमबार धनगढीमा भएको प्रेस संगठनको बैठकले कार्यसमिति विस्तार गरिएको छ ।

प्रेस संगठनका कैलाली जिल्ला संयोजक हरिश बिकको अध्यक्षतामा बसेको बैठकले जिल्ला कमिटीमा सदस्यहरु थप गरेर ५१ सदस्यीय कमिटी बनाएको छ ।

प्रेस संठन सुदूरपश्चिम प्रदेशका सहसंयोजक नवराज भण्डारीको प्रमुख आथित्यतामा भएको बैठकमा नेपाल पत्रकार महासंघ सुदरपश्चिम प्रदेश अध्यक्ष अर्जुन शाह, सदस्य मुकेश टेंर्रा, प्रेस संगठन सुदूरपश्चिम प्रदेश सदस्य हरि जोशी, लक्ष्मीराज जैशी लगायतको सहभागिता थियो ।

बैठकले देशको संविधान र कानुनको रक्षाका लागि कटिबद्ध हुने निर्णय समेत गरेको छ । कार्यक्रमको सञ्चालन प्रेस संगठन कैलालीका सहंसयोजक मीन ठकुरीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार