५ कार्तिक २०८१, सोमबार

प्रतिनिधि सभा विघटन विरुद्ध काँग्रेस



शुभेच्छुक संघसंस्थाहरुद्वारा प्रदर्शन

धनगढी । असंवैधानिक ढंगले प्रतिनिधि सभा विघटन गरिएको विरुद्ध धनगढीमा नेपाली कांग्रेसका शुभेच्छुक संस्थाहरूले शनिबार प्रदर्शन गरेका छन् ।

शनिबार धनगढीको चौराहादेखि विरोध र्याली निकाल्दै मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयसम्म मौन जुलुस निकालिएको थियो ।

र्यालीमा नेपाल शिक्षक संघ, डेमोक्रेटिक लएर्स एसोसियसन, सांस्कृतिक संघ, प्रजातान्त्रिक प्राध्यापक संघ, डेमोक्रेटिक इन्जिनियर्स एसोसिएसन नेपाल, प्रजातन्त्रवादी चिकित्सक संघ, नेपाल प्रेस युनियन, लोकतान्त्रिक नेवाः खल, प्रजान्तत्रवादी आयुर्वेद्धिक चिकित्सक संघ, शेर्पा संघ, प्रशासन व्यवस्था र विकास केन्द्रका पदाधिकारी तथा सदस्यहरुकोसहभागिता रहेको थियो ।

र्‍यालीमा सहभागीहरुले असंवैधानिक ढंगले गरिएको संसद विघटन खारेज हुनुपर्ने, श्रमिकको न्यूनतम पारिश्रमिक यथाशिघ्र निर्धारण, हत्या, हिंसा, बलात्कार लगायतका अपराधिक घटनाको नियन्त्रण, कोरोना भाइरसको खोप आम सर्वसाधारणलाई सहज रुपमा पुराउनु पर्ने लगायतका नारा अंकित प्लेकार्ड तथा पोष्टर प्रदर्शश गरेका गरेका थिए ।

र्‍यालीको नेपाल ट्रेड युनियन काँग्रेस, कैलालीका अध्यक्ष ज्ञानेन्द्र बहादुर शाहले समापन गरेका थिए ।

कांग्रेसले यसअघि प्रतिनिधिसभा निर्वाचन क्षेत्र हुँदै वडा तहसम्म विरोध प्रदर्शनका कार्यक्रम गरिसकेको छ । पुस ५ मा ओलीले संसद् विघटन गरेपछि त्यो कदमलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गर्दै कांग्रेसले निरन्तर आन्दोलन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार