७ कार्तिक २०८१, बुधबार

मन्त्री ठगुन्नालाई कालोझण्डा



बझाङ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री गणेश ठगुन्नालाई बझाङमा कालोझण्डा देखाइएको छ । ठगुन्ना बझाङ पुग्नुअघि प्रचण्ड–माधव समूहका कार्यकर्ताले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी गर्नुका साथै टायर बालेका थिए ।

नेकपाभित्रको विवाद उत्कर्षमा पुगेको बेला शान्ति व्यवस्थामा खलल पुग्ने र दुई समूहबीच झडपको स्थिति सिर्जना हुने भन्दै सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला सुरक्षा समितिले जनाएको छ । प्रचण्ड–माधव समूहले मन्त्री ठगुन्नालाई बाहुलीगाड नजिक कालो झण्डा देखाएको छ ।

संसद विघटन असंवैधानिक भएको भन्दै राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी र अनेरास्ववियु जिल्ला कमिटीले कालो झण्डा देखाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार