७ कार्तिक २०८१, बुधबार

दुर्घटनामा एकको मृत्यु




बैतडी / मोटरसाइकल दुर्घटनामा घाइते भएका बैतडीका योगेश पालको मृत्यु भएको छ ।

नेकपा बैतडीका अध्यक्ष सुरेन्द्र पालका छोरा योगेश आइतबार बिहान मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएका थिए ।

आईतबार बिहान गोकुलेश्वर–गन्ना सडकखण्डको डिलाशैनी गाउ“पालिका वडा नम्बर ३ झरनामा उनी आफैले चलाएको बा ८० प ६५०२ मोटरसाइकलमा दुर्घटनामा परेका थिए ।


उनको मोटरसाईकल सडकबाट करिब २०० मिटर तल झरेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

छाती र टाउकोमा गम्भीर चोट लागेका र बेहोस अवस्थामा रहेका योगेशको गोकुलेश्वरमा उपचार सम्भव नभएपछि माउन्टेन एयरको हेलिकोप्टर मार्फत काठमाडौं पठाइएको थियो ।

र उनको काठमाडौंस्थित ग्राण्डी अस्पतालमा उपचारका क्रममा आइतबार दिउसो मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार