७ कार्तिक २०८१, बुधबार

पाँच महिनादेखि इलाका प्रशासन कार्यालयको सेवा प्रवाह प्रभावित



बैतडी । बैतडीको पुर्चौंडी नगरपालिका हाटस्थित इलाका प्रशासन कार्यालयमा पाच महिनादेखि सेवा प्रवाह प्रभावित हुदै आएको छ ।

इलाका प्रशासन कार्यालयमा कर्मचारीको अभावका कारण सेवा प्रभाव प्रभावित भइरहेको बताइएको छ । बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले गत भदौ महिनादेखि कर्मचारीको अभावमा सेवा प्रवाहमा समस्या भएको जानकारी दिए ।
सहायक प्रमुख जिल्ला अधिकारी नेगीले भने– इलाका प्रशासन कार्यालयमा गएको पाँच महिनायता शाखा अधिकृत नहुँदा नेपाली नागरिकताको प्रमाणपत्र, सिफारिसलगायत सबै काम रोकिएका छन् ।
एक शाखा अधिकृत, दुई नायब सुब्बा, एक सहलेखापाल, एक सहायक कम्प्युटर अपरेटर र दुईजना कार्यालय सहयोगीको दरबन्दी रहेको पुर्चौडी इलाका प्रशासन कार्यालयमा अहिले एक जना नायब सुब्बा र एकजना कार्यालय सहयोगी मात्रै कार्यरत रहेका छन् ।
दुर्गम क्षेत्रका नागरिकलाई गाउ“घरमै सेवा दिने उद्देश्यले स्थापना गरिएको इलाका प्रशासन कार्यालयमा कर्मचारीको अभाव हु“दा पुर्चौंडीका नागरिकले पनि नेपाली नागरिकताको प्रमाणपत्र र सिफारिसलगायत कामका लागि फेरि सदरमुकाम नै पुग्नुपर्ने बाध्यता भएको छ ।

कर्मचारी नहुँदा इलाका प्रशासनमा उपलब्ध हुने सेवा लिनकै लागि सदरमुकाम पुग्नुपर्दा सेवाग्राहीलाई समस्या भएको अनिरुद्र जोशीले जानकारी दिए ।
उनले भने– नगरपालिकाभित्रैको कार्यालयमा कर्मचारीको अभाव हु“दा पुर्चौंडीवासीले सदरमुकाम धाउनु परिरहेको छ ।

इलाका प्रशासन कार्यालयमा कर्मचारीको पदपूर्तिका लागि गृह मन्त्रालयलाई पत्राचार गरेको भए पनि अहिलेसम्म कर्मचारी नआएका सहायक प्रजिअ नेगीले बताए । उनले भने– जिल्ला प्रशासनमै कर्मचारी अभाव छ, जिल्लाबाट पनि कर्मचारी पठाउन सकिएको छैन ।
२०७३ सालमा स्थापना भएको इलाका प्रशासन कार्यालयमा पटकपटक कर्मचारीको अभावले सेवा प्रभावित हु“दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार