११ पुष २०८१, बिहीबार

महिला हिंसाका घटनामा बृद्धि



कञ्चनपुर । कञ्चनपुरमा महिलामाथि हुने हिंसाका घटनामा बृद्धि आएको छ ।
लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान चलिरहँदा दिनहुँजसो महिलाहरु जिल्ला प्रहरी कार्यालयमा घरेलु तथा लैगिक हिंसाबाट पीडित भएको गुहार माग्न आइरहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मातहतका सबै युनिटमा सो अभियान सफल बनाउन सक्रिय भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले अभियान चलिरह“दा प्रहरीमा महिला हिंसाका आठ उजुरी आएको बताए ।

‘हामी पनि जिल्लाका सरोकारवाला संघसंस्थादेखि निकायसम्म लैगिक हिंसाविरुद्धको अभियान सफल बनाउन सहकार्य गरिरहेका छौं’, उनले भने, ‘यो बीचको अवधिमा प्रहरीमा १३७ महिला विभिन्न समस्या लिएर सेवाका लागि आएका छन् ।’

कोरोना संक्रमणका कारण बढ्दो बेरोजगारी, आर्थिक अभावलगायतका कारण पनि हिंसा बढ्न थालेको प्रहरीको बुझाइ छ ।

‘बेरोजार भएर लामो समय घर बस्दा पनि श्रीमान÷श्रीमतीबीच तनाव भएर प्रहरीमा उजुरी आएका घटना पनि छन्’, प्रवक्ता थापाले भने, ‘पछिल्लो समय सामाजिक सञ्जालको दुरुपयोग गरेर लैगिक हिंसा बढिरहेको पनि छ ।’

त्यसैगरी दोधाराचाँदनीको अवैध बाटोबाट भारत जान लागेका यहाँको बेदकोट नगरपालिकाका चार युवतीलाई पनि प्रहरीले सीमानाकाबाट उद्धार गरी आफन्तको जिम्मा लगाएको छ । ‘लैगिक हिंसाका तीन र घरेलु हिंसाका पा“च गरी यहा“ आइतबारसम्म आठ उजुरी परेका छन्’, थापाले भने, ‘जिल्ला प्रहरीले ग्रामीण बस्तीसम्म १६ दिने अभियानअन्तर्गत सचेतनाका विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ ।’

‘लैगिक हिंसाविरुद्धको प्रतिबद्धताः व्यक्ति, समाज र सबैको ऐक्बद्धता’ भन्ने नाराका साथ यही मङ्सिर १० गतेदेखि अभियान शुरु भएको हो । माइती नेपाल कञ्चनपुरकी संयोजक महेश्वरी भट्टले आफूहरू अभियानअन्तर्गत जिल्लामा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको बताए । पछिल्लो समय मुख्य नाकाभन्दा पनि दोधारा–चा“दनीबाट दैनिकजसो महिला तथा बालबालिका उद्धार गर्ने काम भइरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार