२४ पुष २०८२, बिहीबार

गैससको छैटौं साधारण सभा– अध्यक्ष पदमा पुनः देवी खनाल



गैरसरकारी संस्था महासघं सुदूरपश्चिम प्रदेशको तेस्रो अधिवेशन तथा छैठौं वार्षिक साधारण सभा बिहीबार धनगढीमा सम्पन्न भएको छ ।

महासंघको उद्घाटन कार्यक्रम गैरसरकारी संस्था महासघं सुदूरपश्चिम प्रदेश अध्यक्ष देवी खनालको अध्यक्षतामा भएको हो ।

कार्यक्रममा प्रमुख अतिथि महासंघका केन्द्रीय अध्यक्ष अर्जुन भट्टराई र विशिष्ट अतिथि महासंघका केन्द्रीय महासचिव देवी खडका, उपमहासचिव भवराज रेग्मी, किरण थापा, केन्द्रीय सचिव सावित्रा घिमिरे, केन्द्रीय सदस्य कौशिला चौधरी, अरु केन्द्रीय सदस्य, जिल्ला अध्यक्षहरुको सहभागिता थियो ।

कार्यक्रममा महासंघका प्रदेश सदस्य राजेन्द्र ठगुन्ना स्वागत मन्तव्य गरेका थिए । महासंघका प्रदेश अध्यक्ष देवी खनाल सांगठनिक तथा संस्थागत प्रगति प्रतिवेदन र आर्थिक प्रतिवेदन महासंघका प्रदेश कोषाध्यक्ष दुर्गा नेपालीले प्रस्तुत गर्नुभएको थियो ।

त्यसैगरी तेस्रो अधिवेशन तथा छैठौं वार्षिक साधारण सभाबाट नयाँ कार्य समिति सर्वसहमतबाट निर्वाचित भएका छन् । समितिका अध्यक्ष पदमा देवीप्रसाद खनाल, उपाध्यक्षमा राजेन्द्रबहादुर ठगुन्ना, सचिवमा नरेशप्रसाद ओझा, उपसचिवमा शिवराज उपाध्याय, कोषाध्यक्ष सीमाकुमारी चौधरी, सदस्यहरू दुर्गाकुमारी नेपाली, गोविन्दराज जोशी, बिमला ओझा भट्ट, शिवि लुहार सर्वसम्मतबाट निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार