११ जेष्ठ २०७९, बुधबार

दृष्टि फाउण्डेशनमा जन्मदिन



धनगढी । नेपाली कांग्रेसका युवा नेता इश्वर थापा ‘आर्यन’ ले आफ्नो जन्मदिनको अवसरमा दृष्टि फाउण्डेशनमा खाद्य सामाग्री सहयोग गरी मनाएका छन् ।

सामाजिक दायित्व अन्तर्गत बझाङ नेपाली कांग्रेसका क्षेत्रीय प्रतिनिधि समेत रहेका थापाले आफ्नो जन्मदिन फाउण्डेसनमा सहयोग गरि मनाएका हुन ।

हाल धनगढी शीवनगर स्थायी निवासी उनले आफ्नो जन्मदिन फजुल खर्च गर्नुभन्दा मानवसेवा गर्दा थोरै भएपनि अशक्त र परीवारहिन मानिसलाई सहयोग गर्दा ठूलो पूण्य प्राप्त हुने भावले सहयोग गरेको बताए ।

फाउण्डेशनकी संचालिका कल्पना भट्टले उनलाई धन्यवाद ज्ञापन गरीन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार