१० श्रावण २०८१, बिहीबार

कर्णालीबाट विद्यावारिधि गर्ने गोविन्द नेपाली पहिलो दलित



कर्णालीबाट विद्यावारिधि गरेको गोविन्द नेपाली ।

बैतडी / कर्णालीको दलित समुदायबाट पहिलो पटक गोविन्द नेपालीले विद्यावारिधि हासिल गरेर दलित समुदायका पेसा र सीपको विषयमा खोज अनुसन्धान थालनी गरेका छन् ।

नेपालको दिगो विकासमा दलितको सामाजिक संस्कृति सीपको प्रयोग विषयमा विद्याबारिधि हासिल गर्नु भएका गोविन्द नेपालीले हालसम्म १३ वटा पुस्तकसमेत लेखिसकेका छन् ।

दलित समुदायले भोग्नु परेका पीडाका विषयमा नेपालीले कलम चलाउँदै आइरहेको बताए । गोविन्दको मौलिक ज्ञानको कला सिद्धान्त पुस्तक प्रकाशित गरेर कर्णालीबाट नेपाली चर्चामा आएका हुन ।

निकट समयमै उनले मानव सम्वृद्धिका लागि दलितको मौलीक ज्ञान नामक पुस्तक र दलित समुदायको संग्रहालयको स्थापना गर्ने तयारीमा जुटेको नेपालीले बताए ।

नेपालीले भने, “दलित संग्रहालयमा दलित समुदायल नै उत्पादन गरेका सामाग्रीहरु रहने छन् । संग्रालयले दलितको पेशा र सीपको सम्मान हुने छ । ”

कर्णालीको जुम्ला जिल्ला, चन्दननाथ नगरपालिका–३, डाँडाकोटमा जन्मनु भएका नेपालीले दलितका सीप , पेसा, व्यवसायलगायत साहित्यमा कलम चलाउँदै आएका छन् । ।

हालसम्म उनले “तिम्रो जित मेरो हार” गजल संग्रह “फाटो कोट” नाटक संग्रह, “पालुवा” कविता संग्रह,“सिकर्मी सीप” प्राविधिक पुस्तक, “परिश्रमको फल” गिती नाटक, “जगरुक डुसा” कविता संग्रह , “पढाइका लागी कदम” मनोवैज्ञानिक पुस्तक, “महिलाको कलम” भाग १ ,२ र ३ अनौपचारिक शिक्षा, “कर्णाली चिनारी” वृत्तचित्र, कर्णाली दर्पण” कविता संग्रह र “पचहत्तरकै चिनारी” लगायतका पुस्तक लेखिसकेका छन् ।

भाषा आयोग प्रादेशिक भाषा सिफासिर समितिको सदस्यसमेत रहेका नेपालीले सुदूरपश्चिम र कर्णालीका सबै जिल्ला भ्रमण गरेको बताए ।

दलित समुदायको पेसा र सीपको संरक्षण गर्न योगदान पुर्याउदै हालम्म दुई हजार भन्दा बढी दलित समुदायलाई आवासको व्यवस्था गरेको नेपालीले बताए ।

हलिया, मुक्त कमैयालाई उचित बसोबास र सीपको संरक्षण गर्न दलित संग्रालय स्थापना गर्न काम गरिरहेको नेपालीले बताए ।

कर्णालीको दुर्गम गाउँमा जन्मेर विद्यावारिधिसम्मको शिक्षा हासिल गर्दा निकै संघर्ष गर्नु परेको नेपालीले बताउनुभयो । उच्च शिक्षा हासिल गर्दा सिकेको ज्ञान दलित समुदायको उन्नतीका लागि खर्च गर्ने उहाँले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार