मुक्त कमैया परिवारहरूलाई राहत वितरण
धनगढी । मुक्तकमैया महिला विकास मञ्चले मुक्त कमैया र विपन्न परिवारहरूलाई राहत वितरण गरेको छ ।
मञ्चले सञ्चालन गरेको समूहहरूमा आबद्ध मुक्त कमैया, विपन्न परिवार, गर्भवति, सुत्केरी तथा कोरोना प्रभावित परिवारहरूलाई राहत वितरण गरिएको हो ।
ती परिवारहरूलाई प्रतिपरिवार ३० किलो चलाम, दुई किलो दाल, दुई लिटर खाने तेल, दुई किलो नुन, छपिस सावुन र गर्भवति, सुत्केरी र कोरोना संक्रमित भएको परिवारलाई थप एक किलो चना, एक किलो केराउ, एक किलो राजमा तथा प्रति सुत्केरी तथा गर्भवतिलाई एक एक क्यारेट अण्डा वितरण गरेको संस्थाले जनाएको छ ।
मञ्चका कार्यक्रम संयोजक इन्द्र चौधरीले गौरीगंगा नगरपालिकाको वडा नम्बर १, २, ३, ४, ६ र १० मा रहेका मुक्तकमैया वस्तीमा सो राहत सामाग्री वितरण गरिएको जानकारी दिए ।
उनले कैलारी गाउँपालिकाको वडा नम्बर ५, ६, ७ र ८ मा रहेका मुक्तकमैया वस्तीमा सो सोमबार राहत वितरण गरिएको बताए ।
उनले गौरीगंगा नगरपालिकामा तीन सय ५६ परिवार र एक सय ६९ जना सुत्केरी र गर्भवति तथा कोरोना संक्रमितलाई राहत वितरण गरिएको बताए ।
उनका अनुसार कैलारी गाउँपालिकामा दुई सय ६९ मुक्त कमैया परिवार र ६१ जना सुत्केरी, गर्भवति तथा कोरोना संक्रमितलाई राहत वितरण गरिएको छ ।
त्यसैगरी, गोदावरी नगरपालिकाको वडा नम्बर ८ मा रहेको हरिनगर मुक्तकमैया वस्तीका ५६ परिवार र १६ जना सुत्केरी, गर्भवति तथा कोरोना संक्रमितलाई राहत वितरण गरिने कार्यक्रम संयोजक इन्द्रले बताए ।
उनले कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको वडा नम्बर १र १२ मा रहेका ८६ परिवार र एक सय ९६ सुत्केरी र गर्भवतिलाई समेत राहत वितरणको तयारी भइरहेको बताए