४ आश्विन २०७८, सोमबार

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मालाई कोरोना



काठमाडौं– नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मालाई कोरोना संक्रमण भएको छ।

आफूलाई संक्रमण भएको र अहिले होम आइशोलेशनमा रहेको प्रवक्ता शर्माले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्। 

‘ज्वरो र जीउ दुखाइ बढेपछि आइतबार बेलुकी स्टार हस्पिटल पुगेर स्वाब दिएँ। बिहानिपख रिपोर्ट आयो पोजेटिभ।  टेकुका डा मित्र अनुप बाँस्तोलाको निर्देशन अनुरूपको औषधि सेवन शुरु गरेको छु। डेरामै आइसोलेसनमा छु। लक्षणले च्यापेका छन् तर मनोबल उच्च छ। सबैलाई विनम्र आग्रह छ, सजग बनौं ’ उनले सामाजिक सञ्जालमा लेखेका छन्। 

प्रतिक्रिया दिनुहोस्