११ श्रावण २०८१, शुक्रबार

नेपाली प्राविधिक टोली महाकाली तटबन्ध निरीक्षणमा



धनगढी । भारतले एकतर्फी रूपमा महाकाली नदीमा निर्माण गरेको तटबन्धको निरीक्षण गर्न नेपाली प्राविधिकको टोली धनगढी पुगेको छ ।

काठमाडौंबाट पाच सदस्यीय टोली शनिबार बिहान धनगढी पुगेको हो । टोलीमा जयानन्द जोशी, कमल शाही, कपिल कुरुवाल, शहदेश घिमिरे र सुन्दर देवकोटा छन् । उक्त टोली शनिबार साझ दार्चुला प्रस्थान गरेको छ ।

भारतले सीमा नदी महाकालीको बहाव परिवर्तन गरेर दार्चुला सदरमुकाम पारिपट्टि एकतर्फी रूपमा तटबन्ध निर्माण गरेको छ ।
सीमा नदीमा संरचना निर्माण गर्दा दुवै देशको सहकार्यमा बनाउनुपर्ने भए पनि नेपाली पक्षस“ग समन्वय नै नगरी भारतले तटबन्ध बनाएको छ ।
उक्त विषयमा स्थलगत निरीक्षणको लागि नेपाल र भारतबाट ५–५ सदस्यीय प्राविधिकको टोली तयार गरिएको थियो । भारतीय टोली पनि सोमबारसम्म निर्माण स्थलमा पुग्ने बताइएको छ ।

भारतको कार्यालय जिल्ला अधिकारी पिथौरागढले धारचुलामा निर्माण गरेको तटबन्धको स्थलगत निरीक्षणको लागि दुवै देशमा प्राविधिकहरू आउ“दै गरेको खबर त्यहाँस्थित भारतीय प्रशासनलाई जानकारी गराइसकेको छ । उक्त पत्रको बोधार्थ बिहीबार जिल्ला प्रशासन कार्यालय दार्चुलामा पनि पुगेको छ ।


‘अप्रिल १२ अर्थात् चैत ३० गते दुवै देशका प्राविधिकसहितको टोली आउने भारतबाट पत्र आएको छ’ दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले भने ‘अहिले उहाँहरू धनगढी पुग्नु भएको खबर छ ।’

प्राविधिक टोलीको नेतृत्व गरेर धनगढी पुगेका जयानन्द जोशीले प्राविधिक अवस्थाबारे आफूहरुले बुझ्ने बताए । ‘हामी प्राविधिक टोली हौ“’ उनले भने, ‘प्राविधिक अवस्थाबारे बुझ्छौं ।’

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार